७ वैशाख २०८१ शुक्रबार
समाज

हिमपातले डोल्पाको जनजीवन कष्टकर

विष्णुप्रसाद देवकोटा

डोल्पा – सोमवार बिहानदेखि परेको अबिरल वर्षा पछि हिमाली जिल्ला डोल्पामा भारि हिमपात भएको छ। हिमपातका कारण डोल्पाको जनजीवन कष्टकर बनेको छ भने एक गाउँबाट अर्का गाउँ समेतको आवतजावत बन्द भएको छ।

हिमपात भएपछि उत्तरी सीमा क्षेत्रमा रहेका उपल्लो डोल्पाका छार्कातांगसोग,डोल्पो बुद्द,शे–फोक्सुण्डो,र काइके गाउँपालिकाको जनजीवन सबैभन्दा बढी कष्टकर बनेको छ ।उपल्लो डोल्पामा डेढफुट देखि दुईफुट सम्म हिमपात भएको छ भने सदरमुकाम दुनैमा समेत ७ इन्च हिमपात भएको छ। एक फुट भन्दा बढी हिउँ जमेपछि डोल्पाको जुफाल विमानस्थलमा हवाई उडान बन्द भएको छ।

यसै गरि डोल्पाका मुडकेचुला, जगदुला र त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिका लगायतका सबै क्षेत्रमा भारि हिमपात भएको छ ।डोल्पा र जुम्ला सिमा नाका क्षेत्र मौरे र भालु लेकमा तिन देखि चार फुट सम्म हिउ जमेपछि आवतजावत बन्द भएको छ ।माघको दोश्रो साताबाट केहि मात्रामा तातो ढल्कन शुरु गरेको डोल्पामा सोमवार भएको भारि हिमपातले अत्यधिक जाडो बढेको छ ।डोल्पाको तापक्रम माइनस ४ पुगेको छ ।

हिमपातले कृषकमा छायो खुशियाली
लामो समयपछि भारि हिमपात भएपछि डोल्पाली किसानहरूमा खुशियाली छाएको छ । जेठासे बाली गहुँ जौं आलु लगायतको तरकारी र अन्नबाली सप्रने भएपछि किसानमा खुशियाली छाएको हो ।अमरसिँग कठायतले भने “झण्डै झण्डै यो वर्ष हिउँ नपरेररै शुख्खा हुने भो अब भोकमरी लाग्ने भयो भनेर चिन्ता लागेको थियो तर हिमपात भयो खुशी लाग्यो”।

डोल्पामा स्याउ ओखर किमि र अंगुर खेतीको लागि अभियानकै रुपमा ठुलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाले अगाडि बढाई हजारौ बिरुवा स्वदेश तथा विदेशबाट आयात गरि ल्याइएको अवस्थामा हिमपातले उत्साह थपेको र वातावरण अनुकुलित बनाएको त्रिपुरासुन्दरी नगरपालिकाका प्रशासकीय अधिकृत भिमबहादुर धरलाले बताए ।आफ्नो उत्पादनले वर्षमा तीन महिना पनि भरपुर खाननपुग्ने डोल्पामा हिमपात पछि भने बालीनाली सप्रने र यसले केही मात्रामा भएपनि खाद्यान्नमा राहत दिने भएकाले पनि डोल्पामा हिमपातले क्षणिक मात्रामा जनजीवन कष्टकर बनाउने भएपनि राम्रो मान्ने गर्छन्।
 

प्रकाशित: १ फाल्गुन २०७४ ०५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App