काठमाडौं – इङलिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ।
प्रतियोगिताअन्तर्गत सोमबार गएराति चेल्सी घरेलु मैदानमा सम्पन्न खेलमा वेष्ट ब्रोमलाई ३–० ले पराजित गर्दै चेल्सीले मह्त्वपूर्ण ३ अंक हात पार्यो।
चेल्सीलाई जिताउन इडेन हजार्डले खेलको २५ र ७१ औं मिनेटमा गरी २ तथा भिक्टर मोऐसले ६३ औं मिनेटमा १ गोल गरे।
जितसँगै चेल्सी २७ खेलबाट ५३ अंक जोडदै प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ।
प्रकाशित: १ फाल्गुन २०७४ ०५:३९ मंगलबार