coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एम्बुलेन्सका कारण हेलीकोप्टर चार्टर घट्दै

खोटाङ सेवा समाज युकेको पहलमा खोटाङलाई प्राप्त भएको एम्बुलेन्स। तस्बिर : दमन राई/नागरिक

खोटाङ – ढाडको समस्याले थलिएका खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीका श्याम राईलाई आइतबार एम्बुलेन्सबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइयो । स्वास्थ्य चौकी सिमपानीमा जन्मिएका नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएपछि सोही ठाउँका छविलाल थापाको नवजात शिशुलाई माघ २५ गते एम्बुलेन्समार्फत नै नोबेल अस्पताल विराटनगर पु¥याइएको छ।

स्वास्थ्यचौकी सिमपानीमा एम्बुलेन्स सेवाको व्यवस्था नभएको भए उनीहरूलाई अस्पताल पु¥याउन हेलीकोप्टर चार्टर गर्नुपर्ने थियो । तर, सर्वसाधारणले अस्पताल नै नदेखी अकालमै ज्यान गुमाउनुपर्ने तितो यथार्थलाई मध्यनजर गर्दै खोटाङ सेवा समाज युकेको पहलमा स्वास्थ्य चौकीलाई प्राप्त भएको एम्बुलेन्सका कारण सो क्षेत्रका बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा पु¥याउन सहज भएको स्थानीय बताउँछन्।

खोटेहाङ गाउँपालिकाका ९ वडाका बिरामीलाई अस्पतालसम्म पु¥याउन डेढ लाखदेखि दुई लाख रुपैयाँ खर्च गरेर हेलीकोप्टर चार्टर गर्नुपर्ने बाध्यता थियो । १० महिनाअघि स्वास्थ्य चौकीका नाममा एम्बुलेन्स प्राप्त भएपछि हालसम्म गाउँपालिकाभित्रका ६५ बिरामीलाई सहुलियत भाडामा सोही एम्बुलेन्समार्फत धरान, विराटनगर, काठमाडौंलगायत अस्पतालमा पु¥याइसकिएको एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष दीपबहादुर थापाले बताए । खोटाङ सेवा समाज युकेको पहलमा खोटाङलाई २०७३ साल चैत २६ गते एकैसाथ प्राप्त भएका ७ वटा एम्बुलेन्समध्ये एउटा एम्बुलेन्स खोटेहाङ गाउँपालिकाका सर्वसाधारणका लागि दिइएको छ।

एपेन्डिसाइटको समस्यामा परेकी रूपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी अस्मिता राईलाई पनि पुस १५ गते एम्बुलेन्सबाटै काठमाडौं लगियो । लडेर हात भाँचिएपछि रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी सजिना राईलाई माघ ४ गते लहान पु¥याउन पनि खोटाङ सेवा समाज युकेकै एम्बुलेन्स प्रयोग गरियो । ‘यस गाउँपालिकाका लागि प्राप्त भएको एम्बुलेन्स गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल पु¥याउन अत्यन्तै उपयोगी बनेको छ,’ थापाले भने, ‘हेलीकोप्टर चार्टर गर्नुपर्ने खालका बिरामीलाई पनि एम्बुलेन्सबाटै अस्पतालसम्म पु¥याएका छौं । भाडामा बिरामीले बेहोर्नुपर्ने आर्थिक भार घटेको छ।’

अस्पताल जानका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा ज्यान गुमाउनुपर्ने समस्या अन्त्यको प्रयास स्वरूप खोटाङ सेवा समाज युकेले जन्तेढुंगा गाउँपालिकामा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दिप्रुङ गाउँपालिकाको डाँडागाउँ स्वास्थ्य चौकी, केपिलासगढी गाउँपालिकाको बाक्सिला स्वास्थ्य चौकी, रूपाकोट मझुवागढी गाउँपालिकाको बुईपा स्वास्थ्य चौकी, रूपाकोट मझुवागढी नगरपालिकाकै निर्मलीडाँडा स्वास्थ्य चौकी र खोटेहाङ गाउँपालिकाको सिमपानी स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको थियो।

पछिल्लो समय शुभेच्छुक एवं दातृराष्ट्रबाट प्राप्त भएको तिनै एम्बुलेन्सका कारण बिरामीलाई अस्पताल पु¥याउन र ज्यान बचाउन सहज भएको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका देवेन्द्र श्रेष्ठले बताए । ‘बिरामीलाई चाँडोभन्दा चाँडो सुविधासम्पन्न अस्पतालमा पु¥याउन सहज भएको छ,’ श्रेष्ठले भने, ‘स्ट्रेचरबाट बिरामीलाई अस्पताल पु¥याउन दशबाह्रजना चाहिन्छन्, जनशक्ति र छिटोका हिसाबले हाम्रा लागि एम्बुलेन्स वरदान नै हो ।’ एम्बुलेन्स सेवा दिएबापत आउने भाडाबाटै चालकलाई तलब तथा मर्मतखर्च जुटाउने गरिएको एम्बुलेन्स सञ्चालक समितिले जनाएको छ । प्राप्त एम्बुलेन्स सञ्चालनका लागि छुट्टाछुट्टै सञ्चालक समिति बनाइएका छन्।

अस्पताल पुग्नका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेका कारण खोटाङलाई ‘बाँच्नका लागि सिरानीमा दुई लाख राखेर सुत्नुपर्ने’ जिल्लाका रूपमा परिभाषित गर्ने गरिन्छ । भरपर्दो सडक तथा पुल अभावमा बिरामीलाई तत्काल अस्पताल पु¥याउन हेलिकोप्टर चार्टर गर्नुको विकल्प थिएन । भएका एम्बुलेन्स तथा जीप हिउँदमा जसोतसो चले पनि जेठ लागेपछि बिरामी र उसका आफन्त अस्पतालसम्म पुग्नका लागि महँगो शुल्क तिरेर हेलिकोप्टर चार्टर गर्न बाध्य थिए । भनेका बेलामा हेलीकोप्टर चार्टर गर्न वा ऋण जुटाउन नसक्दा अस्पताल देख्नसम्म नपाउने भुक्तभोगी यही छन्।

वर्षायाम सुरु भएसँगै जेठदेखि भदौका बीचमा कुनै दिन ५ देखि ७ पटकसम्म हेलिकोप्टर चार्टर हुने गरेको थियो । तर, हाल जिल्लाका सडकको अवस्था क्रमशः सुधारोन्मुख छ । खोटाङ जोड्ने दुधकोसीको जयराममा मंसिर ८ गतेदेखि पक्की पुल सञ्चालनमा आएको छ । सो पुल बनेसँगै एम्बुलेन्सको प्रभावकारिता अझ बढेको छ । खोटाङलाई जोड्ने सुनकोसीको फोक्सिङटार र धाप्लाङघाटमा पनि पक्की पुल बन्ने क्रममा छ । बिरामी ओसार्नका लागि चार्टर गरिने हेलिकोप्टरको तथ्यांक कहीँ कतै राख्ने गरिएको नभए पनि पछिल्लो समय बिरामीलाई अस्पताल पु¥याउनका लागि हेलिकोप्टरभन्दा एम्बुलेन्सकै प्रयोग बढेको पाइएको एम्बुलेन्स अनुगमन समितिका सचिव टंक थापाले बताए।

खोटाङलाई खोटाङ सेवा समाज दोहा कतारको पहलमा पनि एकवटा एम्बुलेन्स प्राप्त भएको छ । यस्तै विभिन्न दातृराष्ट्रको सहयोगमा जिल्ला अस्पताल, नेपाल रेडक्रस सोसाइटी, भारतीय वेलफेयरको एम्बुलेन्स पनि सञ्चालनमा छन् । भाडाका हिसाबले पनि हेलिकोप्टरको तुलनामा सस्तो पर्ने भएकाले पनि सर्वसाधारणका लागि एम्बुलेन्स प्रभावकारी बन्दै गएको पाइएको छ।
 

 

प्रकाशित: १ फाल्गुन २०७४ ०५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App