महाशिवरात्रीमा १२ लाख भक्तजन आउने

मङ्गलबार, ०१ फागुन २०७४, १० : ०५ रुवी रौनियार

काठमाडौं – यस वर्षको शिवरात्रीमा देशविदेशबाट १० देखि १२ लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ।

शिवरात्रीको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पशुपति  विकास कोषका सदस्य–सचिव डा. प्रदीप ढकालले यस वर्ष पशुपति क्षेत्रमा मेला भर्न १० देखि १२ लाख भक्तजन आउने बताएका हुन् । उनले शिवरात्रीमा स्वदेशी भक्तजनका साथै भारत, मलेसिया, श्रीलंका, इन्डोनेसिया, बेलायत, अमेरिकालगायतका देशका हिन्दु भक्तजन आउने जनाए । सदस्य सचिव ढकालले भने, ‘कोषले १२ लाख भक्तजनको व्यवस्थापन र समग्र मेला व्यस्थापनका लागि यस वर्ष ५२ लाख बजेट व्यवस्थापन गरेको छ । सुरक्षार्थ ७ हजार सुरक्षाकर्मी खटिएका छन् ।’

एक हजारको टिकट खारेज
मेलामा सबैलाई समान दर्शनको व्यवस्था गर्न यस वर्षदेखि शःशुल्क टिकटको व्यवस्था खारेज गरिएको सदस्य–सचिव ढकालले बताए । विगतमा व्यवस्था गरिएको सःशुल्क टिकटको व्यवस्था यस वर्ष खारेज गरिएको हो । ‘यस वर्षदेखि कोषले विशेष पासको व्यवस्था पनि हटाएको छ,’ उनले भने, ‘पुजारी, कर्मचारी र सेवकबाहेक कसैलाई मन्दिर पासको व्यवस्था छैन । सबैले लाइन बसेर दर्शन गर्दा छिटो र व्यवस्थित हुने कोषको विश्वास छ।’

दर्शनसम्बन्धी व्यवस्था
भक्तजनलाई छिटो र सहज तरिकाले दर्शन गराउने उद्देश्यसहित कोषले वृद्ध र अपांगलाई लाइन बस्नु नपर्ने व्यवस्था गरेको छ । उनीहरूका लागि स्वयंसेवकको व्यवस्था छ । सर्वसाधारणका लागि भने विभिन्न ठाउँबाट लाइनको व्यवस्था गरिएको छ । बत्तिसपुतली, गौशालातर्फबाट आउने दर्शनार्थीका लागि गौशाला–पिंगालास्थान–सुमार्गी भवनअगाडि चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रांगण प्रवेशको व्यवस्था गरिएको छ ।

कोटेश्वर, एयरपोर्टतर्फबाट आउने दर्शनार्थीका लागि तिलगंगा–पिंगलास्थान–सुमार्गी भवनअगाडि पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ।

गुह्येश्वरीतर्फबाट आउने दर्शनार्थीका लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–बासुकीनाग हँुदै उत्तरढोकाबाट मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ । नित्य दर्शनार्थीका लागि भने बिहान साढे ६ बजेभित्र दर्शनको व्यवस्था मिलाइएको छ।

ट्राफिक व्यवस्था
तिलगंगा : पासवाला सवारी साधन, तीर्थयात्री, दर्शनार्थी र पर्यटक वाहन ।
देवउद्यान, कोषको कार्यालय, भण्डारखाल : पर्व व्यवस्थापनसँग सम्बन्धित कर्मचारीको वाहन ।
महानगरीय प्रहरी वृत्त, गौशाला : पासवाला सुरक्षा निकाय र सरकारी वाहन ।
सिफल : तीर्थयात्री–दर्शनार्थीका सवारीसाधन र स्थानीय दर्शनार्थीहरू र गुह्येश्वरी पारी गोठाटार, जोरपाटी, मूलपानी, गोकर्णलगायतका दर्शनार्थीको सवारी पार्किङ।

डोलेश्वरमा शिवरात्रीको तयारी पूरा
भक्तपुर – भक्तपुरस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा भएको छ । डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले सोमबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो।

डोलेश्वरमा देश विदेशबाट साधु–सन्तहरुलाई श्रेणीमा वर्गीकरण गरी दक्षिणा दिइने प्रचारप्रसार उपसमिति संयोजक एवम् समितिका सचिव मोहन बल्लले जानकारी दिए । उनका अनुसार क वर्गका साधुसन्तलाई एक हजार एक सय ११, ख वर्गकालाई सात सय ७७ र ग वर्गकालाई पाँच सय ५५ रुपैयाँ दक्षिणा तथा प्रतिसाधुलाई एक थान कम्बल र एक थान धोती प्रदान गरिने जनाइएको छ।

महाशिवरात्री पर्व सम्पन्न गर्न करिब १० लाख खर्च हुने अनुमान गरिएको छ । पञ्चस्नानको लागि एक हजार एक सय र महाशिवरात्रीको दिन चार प्रहर पूजामा सम्मिलित हुन चाहने भक्तजनका लागि ११ हजार १ सय ११ को रसिद काटी पूजामा सामेल गराइनेछ । मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरेको छ।

 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad