काठमाडौं- नेपाली कांग्रेसले स्थानीय निकाय पुनःसंरचनाको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन जिल्ला सभापतिको भेला बोलाएको छ। नयाँ संविधानको व्यवस्थाअनुसार स्थानीय निकाय पुनःसंरचना गर्न गठित आयोगले गाविसको ठूलो संख्या घटाउने प्रस्ताव गरेपछि कांग्रेसले भदौ ५ गते जिल्ला सभापतिको धारणा बुझ्न लागेको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भेलामा अनिवार्य उपस्थित हुन कांग्रेसले जिल्ला सभापतिहरूलाई आग्रह गरेको छ। 'गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारणका अतिरिक्त वर्तमान राजनीतिका विविध सन्दर्भमा भदौ ५ गते बिहान ११ बजे पार्टीको केन्›ीय कार्यालयमा पार्टीका तर्फबाट देशका ७५ वटै जिल्लाका सभापतिको वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम हुने भएकाले उक्त कार्यक्रममा अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,' कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
पुनःसंरचना आयोगले हाल रहेका गाविस र नगरपालिको संख्या कटौती गर्दै जम्मा ५ सय ६५ मात्र बनाउन प्रस्ताव गरेको छ। कांग्रेसले एकैपटक गाविसको संख्या ह्वात्तै घटाउन नहुने भन्दै मुलुकको भौगोलिक अवस्थालाई ख्याल गर्नुपर्ने जनाउँदै आएको छ।
प्रकाशित: ३२ श्रावण २०७३ ०२:२० मंगलबार