coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजधानीमा राष्ट्रसंघीय सम्मेलन

काठमाडौं- दक्षिण तथा मध्य एसियाली विश्वविद्यालय स्तरीय क्षेत्रीय नमूना राष्ट्रसंघीय सम्मेलन राजधानीमा सुरु भएको छ। नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले एक कार्यक्रमबीच सोमबार सम्मेलन उद्घाटन गरेकी हुन्।

अमेरिकी दूतावासले वैचारिक युवा समाजसँगको साझेदारीमा आयोजना गरेको सम्मेलनमा दक्षिण तथा मध्य एसियाका दुई सय प्रतिनिधि सहभागी छन्। दूतावासका अनुसार सम्मेलनमा उनीहरूले हिंसात्मक अतिवादविरुद्ध संघर्ष, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, जलवायु परिवर्तन अनुकूलन र वैदेशिक कामदारको मानवअधिकार प्रवर्द्धनलगायत बहुपक्षीय विषयमा छलफल गर्नेछन्।

'यो सम्मेलन दक्षिण तथा मध्य एसियाका मुलुकबीच सम्बन्ध स्थापित गर्ने महŒवपूर्ण तरिका हो,' राजदूत टेपलेट्जले भनिन्। सम्मेलन उद्घाटन समारोहलाई युएनडिपीका नेपाल निर्देशक रेनोड मेयर र मलेसियाका लागि पूर्व नेपाली राजदूत ऋषिराज अधिकारीले पनि सम्बोधन गरेका थिए।

पाँच दिन चल्ने सम्मेलनमा आर्थिक तथा सामाजिक परिषद्, राष्ट्रसंघीय वातावरणीय कार्यक्रम, राष्ट्रसंघीय सुरक्षा परिषद् र सामाजिक, सांस्कृतिक तथा मानवीय समिति गरी संयुक्त राष्ट्रसंघका चार समितिको अभ्यास गरिने जनाइएको छ।

प्रकाशित: ३२ श्रावण २०७३ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App