८ वैशाख २०८१ शनिबार
कला

चीनमा ‘दंगल’ पछ्याउँदै ‘सिक्रेट सुपरस्टार ’

मुम्बई – बलिउड फिल्मले हालका दिनमा भारतमा मात्र होइन  चीनमा पनि आफ्नो दबदबा कायम राख्न थालेका छन् । फिल्म रिलिजको तेस्रो हप्तामा भारतमा सञ्जय लीला भन्सालीको ‘पद्मावत’ र चौथो हप्तामा चीनमा आमिर खानको ‘सीक्रेट सुपरस्टार’ले बक्स अफिस कलेक्सनको मामलामा सुनको अण्डा पारिरहेका छन् ।

आमिरको फिल्म ‘सिक्रेट सुपरस्टार’ले चीनको बक्स अफिसमा सय मिलियन डलरको कलेक्सन गरेर पहिले नै रेकर्ड कायम गरिसकेको थियो । अहिले यो मात्रा बढेर ७ सय करोड रुपैयाँ भन्दा उकालो चढिसकेको छ । अद्वैत चन्दन निर्देशित फिल्मले चीनमा आफ्नो रिलिजको २४ औं दिनमा २ दशमलव ६४ मिलियन डलर अर्थात २८ करोड रुपैयाँ कलेक्सन गरेको छ । योसहित फिल्मले चीनमा हालसम्म १ सय ९ दशमलब ३५ मिलियन डलर अर्थात ११ सय ३ करोड रुपैयाँ कमाइ गरेको छ ।

आमिरको फिल्मले ‘टिल द इन्ड अफ द वल्र्ड’, ‘मेज रनरः द डेथ क्युर’, ‘फेरभर यङ’ र ‘दी ग्रेटेस्ट शोमेन’ जस्ता हलिउड फिल्मलाई पनि पछि पारिदिएको चिनियाँ सञ्चारमाध्यमको दाबी छ । आमिरको फिल्म  उनकै अघिल्लो फिल्म ‘दंगल’भन्दा मात्र कमाइमा पछाडि छ ।  ‘दंगल’ले चिनियाँ बक्स अफिसमा करिब २० अर्ब रुपैयाँ कलेक्सन गरेको थियो ।

फिल्म ‘सीक्रेट सुपरस्टार’का लागि यो आँकडा छुन भने नसक्ने विश्लेषकको अनुमान छ । किनकि दुई सातापछि नै सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ चीनमा रिलिज हुँदैछ । यता भारतमा सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’को पनि कलेक्सनको गति रोकिएको छैन । ‘पद्मावत’ले घरेलु बक्स अफिसमा हालसम्म २ सय ५४ करोड कमाइ गरिसकेको छ ।
 

प्रकाशित: १ फाल्गुन २०७४ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App