७ वैशाख २०८१ शुक्रबार
अर्थ

फुँयाललाई नागरिकको टिभी

काठमाडौं – नेपाल रिपब्लिक मिडियाले विश्वसनीय समाचार हातहातमा उपहार शिर्षकमा सञ्चालन गरेको नागरिक दैनिकको ग्राहक योजना अन्तर्गतको पहिलो पाक्षिक लक्की ड्र खोलेको छ।

यस अन्तर्गत विराटनगरका कुमार फुयालले एक थान ३२ इन्चको हाइसेन्स एलइडी टिभी प्राप्त गरेको कम्पनीले जनाएको छ।

योजनामा सहभागी हुने सबै ग्राहकको लागि हात खालि नजाने विभिन्न उपहार तथा नगद छुटको व्यवस्था समेत गरेको छ ।
सहभागी ग्राहकमध्येबाट दैनिक लक्की ड्र, पाक्षिक लक्की ड्र तथा मासिक लक्की ड्रमार्फत विजेता चयन गरी आकर्षक उपहार दिने व्यवस्था छ । मासिक लक्की ड्रमार्फत हरेक महिना एकजनाले अप्रिलिया स्कुटर प्राप्त गर्नेछन्।

वितरण विभागका प्रबन्धक मदन अर्यालका अनुसार सातवटै प्रदेशलाई लक्ष्य गरी देशैभर एकैपटक सञ्चालन भएको यो योजनामा उल्लेख्य पाठक सहभागी भएका छन् । यो योजना आगामी तीन महिनासम्म सञ्चालन हुनेछ।

प्रकाशित: १ फाल्गुन २०७४ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App