काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेबी लाइफ होमलाई एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
एक दशकदेखि एचआइभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको होमलाई बैंकले उक्त रकम सहयोग गरेको हो। एघारौं वार्षिक उत्सवको अवसरमा बैंकले उक्त रकम दिएको जनाएको छ।
प्रकाशित: १ फाल्गुन २०७४ ०२:२८ मंगलबार