८ वैशाख २०८१ शनिबार
अर्थ

बुटबल क्यान इन्फोटेकको तयारी पूरा

काठमाडौं – मुलुकका प्रमुख सहरमा क्यान इन्फोटेक गर्ने उद्देश्यका साथ बुटबलमा सातौं स्टार्टअप क्यान इन्फोटेक हुने भएको छ । क्यान महासंघ, रुपन्देही शाखाले गर्न लागेको यो प्रदर्शनी फागुन २ देखि ६ गतेसम्म चल्नेछ।

क्यान महासंघले सोमबार विज्ञप्ति जारी गर्दै सम्मेलनको तयारी पूरा भएको जनाएको छ । कार्यक्रममा बोल्दै क्यान नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले विकेन्द्रीकृत अवधारणा अनुसार प्रदर्शनी आयोजनाको तयारी भएको बताए । ‘सातै प्रदेशका मुख्य सहरमा प्रदर्शनी गर्ने केन्द्रको योजना छ,’ उनले भने । यसअघि काठमाडौं केन्द्रीय इन्फोटेकलाई देशभरमा प्रचारप्रसार गर्ने लक्ष्यसहित पाँच नम्बर प्रदेशमा हुन लागेको उनले जानकारी गराए।

जिल्ला अध्यक्ष नारायण श्रेष्ठले विगतमा भन्दा फरक र नयाँ विशेषता सहित दर्शकले अवलोकन गर्न पाउने बताए । एकै थलोमा नयाँ र नौलो प्रविधि, उपकरणको प्रर्दशनी गरिने उनले बताए।

मेलामा दर्शक लोभ्याउन नेपालमै पहिलोपटक अत्याधुनिक सुरक्षा उपकरण जडित प्रविधियुक्त घर निर्माण गरिएको उनले बताए ।

इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, पावर सोलुसन, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्युनिकेसन, आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका स्टल रहनेछन्।

मेला ५० हजार दर्शकले अवलोकन गर्ने र दुई करोडको कारोबार हुने अपेक्षा आयोजकको छ  । प्रदर्शनीमा फ्री सर्भिस क्याम्प, नेपाली टाइपिङ कम्पिटिसन, डान्स कम्पिटिसन, आइसिटी क्विज, भर्चुअल गेमिङ लगायत आर्कषण रहने सचिव बिरबहादुर क्षेत्रीले बताए । सूचना प्रविधिसम्बन्धी जानकारीमूलक एक सय ३० स्टल प्रदर्शनीमा रहने उनले बताए।

प्रकाशित: १ फाल्गुन २०७४ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App