७ वैशाख २०८१ शुक्रबार
समाज

प्रधानमन्त्री देउवाद्वारा महाशिवरात्रीको शुभकामना

काठमाडौँ -  प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रीका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई आज शुभकामना दिएका छन् ।

शिवरात्रीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन्। उनले यस्ता चाडपर्वले सम्पूर्ण नेपालीबीच बढ्ने आपसी विश्वास, सहमति र सहकार्यले मुलुकको समृद्धिमा प्रेरणा दिने पनि उल्लेख गरेका छन् ।
 

प्रकाशित: १ फाल्गुन २०७४ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App