एमाले अध्यक्ष ओलीद्वारा महाशिवरात्रीकाे शुभकामना

मङ्गलबार, ०१ फागुन २०७४, ०७ : २६ नागरिक

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले महाशिवरात्री राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै नेपालीबीचको आपसी एकता, सद्भाव र भाइचारा सम्बन्धमा जोड दिएका छन्।

“धार्मिक साँस्कृतिक पर्व नेपालको एकताका आधार स्तम्भ हुन्,’ अध्यक्ष ओलीको भनाइ छ, “धार्मिक पर्वको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा मिलोस् ।”

ओलीले हालै सम्पन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचन पछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएकाले अब देशको प्राथमिकता विकास र समृद्धि भएको बताएका छन् ।

अध्यक्ष ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्“निर्वाचनमार्फत जनताले प्रकट गरेको स्थिरता, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न कसैसँग पनि सम्झौता गर्दैनौँ ।”

महाशिवरात्री हिन्दूहरुको पर्व भएपनि सबै धार्मिक समुदायले उत्तिकै श्रद्धा गर्नेगरेको उल्लेख गर्दै उनले एक अर्काको धार्मिक आस्थामाथि श्रद्धा गर्ने नेपालीको परम्परा नै भएको बताएका  छन् । रासस
 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री डेभिड क्यामरन, लेबर नेता जेरेमी कोर्बिन, विभिन्न ख्यातिप्राप्त मानिसहरू र दशौँ लाख सर्वसाधारण व्यक्तिका फोन नम्बरहरू सर्वसाधारणले...

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

Ncell Footer Ad