‘अमेरिका उत्तर कोरियासँग निःशर्त वार्ता गर्न तयार’

सोमबार, २९ माघ २०७४, २२ : १८ एजेन्सी

वासिङटन – अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग कुनै शर्तविना वार्ता गर्न वाशिङटन तयार रहेको बताएका छन्। 

वाशिङटन पोस्टको सोमबारको समाचारमा अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई उद्धृत गर्दै लेखिएका छ, ‘यदि उत्तर कोरिया वार्ता गर्न चाहन्छ भने ट्रम्प प्रशासनले पनि वार्ता गर्नेछ।’ तर प्योङयाङ्ले आफ्नो पारमाणविक कार्यक्रम नत्यागेसम्म उत्तर कोरियाविरूद्धका कडा प्रतिबन्धहरूलाई कायम राखिने अमेरिकी उपराष्ट्रपति पेन्सकोे भनाइ रहेको छ। 

दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्सको उद्घाटन समारोहमा सहभागी भइ स्वदेश फर्केपछि पेन्सको यो भनाइ आएको हो। उनी दक्षिण कोरियामा रहँदा त्यहाँका राष्ट्रपति मून जाइ–इनसँग भेटवार्ता भएको थियो। 

यसअघि ट्रम्प प्रशासनले उत्तर कोरियाली नेता किम जङ–अन निश्शस्त्रीकरणका लागि तयार नभएसम्म उत्तर कोरियासँग वार्ता नगर्ने जनाएको थियो।

दक्षिण कोरियाली राष्ट्रपति मूनसँगको भेटवार्तामा उत्तर कोरियासँग संवाद बढाउने एउटा खाकामा आफूले सहमति जुटाएको पेन्सले पोष्टसँगको कुराकानीमा बताएका छन्।

यसअघि दक्षिण कोरियाबाट स्वदेश फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पेन्सले उत्तर कोरियालाई दवाब दिइरहनुपर्ने आवश्यकताबारे आफ्नो देश र दक्षिण कोरिया पूर्णतः सहमत रहेको उल्लेख गरेका थिए। उक्त अवसरमा अमेरिकी उपराष्ट्रपतिले उत्तर कोरियासँग वार्ता गर्ने बिषयमा कुनै प्रकारको मतभेद नभएको जनाएका थिए।

शनिवार उत्तर कोरियाली नेता किम जङ्–अनले दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनलाई प्योङयाङ्मा वार्ताका लागि निम्तो दिएका थिए। 

दुई कोरियाबीच रहेको तनावका समय दक्षिण कोरियाले आयोजना गरेको शितकालीन ओलम्पिकले कोरियाली नेताहरूको भेटलाई सहज बनाइदिएको थियो। उत्तरको निम्ता मान्दै दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियामा आयोजना हुने शिखर सम्मेलनमा गएका यसले दुई कोरियाली नेतृत्वबीच एक दशकभन्दा पनि लामो समयपछि उच्च तहमा भेटवार्ता हुनेछ। 

दक्षिण कोरियाका राष्ट्रपति मून जाइ–इनले निमन्त्रणा स्वीकार गर्नुअघि उत्तरले निश्चित शर्तहरू पालना हुनुपर्ने दक्षिण कोरियाका प्रधानमन्त्रीले आइतवार सोलमा भएको एक कार्यक्रममा बताएका थिए। (एपी)








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad