coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश दुईको सभामुखमा सरोज यादव पक्का

लहान- प्रदेश २ को प्रदेश सभा सभामुखमा राजपाले सरोज यादवलाई अघि सारेको छ। राजपा नेपालको सोमबार बसेको बैठकले फागुन २ गते हुने सभामुख निर्वाचनका लागि यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

राजपाको अध्यक्ष मण्डलको बैठकले प्रदेश २ को प्रदेश सभाको संसदीय दलको नेतामा राजपाले प्रदेश सभा सदस्य जितेन्द्र सोनार (सोनल)लाई मनोनयन गर्ने निर्णय गरेको छ।

शनिबार प्रदेश दुईमा सरकार निर्माण गर्न संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच सहमति भएको थियो। शनिबार साँझ काठमाडौंमा बसेको दुई दलको बैठकले सभामुख, उपसभामुख र मुख्यमन्त्री समेत सात मन्त्रालय बाँडफाँटको टुंगो लगाएको छ।

सहमति अनुसार फोरमको भागमा मुख्यमन्त्रीसँगै उपसभामुख, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय परेको छ। राजपाको भागमा सभामुख, भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेको छ। सहमति पत्रमा फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले हस्ताक्षर गरेका छन्।

 

 

प्रकाशित: २९ माघ २०७४ १४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App