६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कवाज (भिडियो)

काठमाडौं- राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको २६औं बार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम भएका छन्। सो अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले तत्कालिन सदर प्रहरी तालिम केन्द्रका समादेशक पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई सम्मानपत्र, लामो समयसम्म वाह्रय प्रशिक्षकको रुपमा सेवा गरेका पूर्व प्रहरी निरीक्षक इन्द्रबहादुर थापालाई सम्मानपत्र, वार्षिकोत्सव कार्यक्रमका अवसरमा आयोजित विभिन्न खेलकूद प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार, प्रतिष्ठानमा दीर्घकालीन सेवा पुर्‍याउने प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र तथा पुरस्कार वितरण गर्नुको साथै आइपीएस तालिमका सहभागी प्रहरी अधिकृतलाई प्रशंसापत्र प्रदान गरे।

सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले प्रशिक्षण सिपमुलक हुनुपर्ने उल्लेख गर्दै एकात्मक राज्य प्रणालीमा अभ्यस्त नेपाल प्रहरीलाई प्रदेश र स्थानीय संरचनामा कार्यरत रहँदा आजको स्तर र एक्यवद्धतालाई जोगाउन प्रशिक्षण संस्थाहरुले विशेष भूमिका निर्वाह गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराए।

सो अवसरमा पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहले प्रतिष्ठानको ई–बुलेटिन र एनपीए भिडियो ग्यालरीको उदघाटन गरे। कार्यक्रममा तत्कालीन सदर प्रहरी तालिम समादेशक पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले तत्कालीन समयमा पुर्‍याएको योगदानको कदर स्वरुप सम्मानित हुन पाएकोमा खुसी व्यक्त गर्दै सवैको साझा प्रतिष्ठानको उन्नतीका लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

सो अवसरमा तालिमका प्रशिक्षार्थीहरुले कवाज तथा ड्रिल प्रदर्शन गरेका थिए।

भिडियो : दिपेन्द्र रोक्का

 

प्रकाशित: २९ माघ २०७४ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App