coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चितुवाको छालासहित दुई पक्राउ

इटहरी – नेपालमा वन्यजन्तु संरक्षण र अवैध कारोबार नियन्त्रण गर्न सक्रिय भएपनि रकमगत आकारमा धेरै मूल्यमा विक्री हुने हुँदा दुर्लभ वन्यजन्तुको चोरी–निकासी हुने क्रम दिनानुदिन बढ्दो छ। वन विनास र वासस्थान अतिक्रमणसँगै पैसा कमाउने गिरोह सक्रिय हुँदा वन्यजन्तुको चोरी– निकासी बढेको हो। 

सोमबार मात्र चितुवाको छालासहित दुई जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ। इटहरी वडा नं. २ को पूरानो झरना होटलमा लुकाई राखेको सूचना पाएपछि प्रहरीले इटहरी वडा नं. २ का ३५ बर्षीय श्यामबहादुर गुरुङ र इटहरी वडा नं. ६ मा कोठाभाडामा बस्दै आएका ३३ बर्षीय विनोद देवानलाई पक्राउ गरेको हो। उनीहरूका साथबाट प्रहरीले ३ लाख ५० हजार नगद, तीन थान मोबाईल सहित गाडी र मोटरसाईकलको चावी बरामद गरेको इटहरीका डिएसपी सञ्जय राउतले बताए। 

‘नेपालमा कस्तूरीको बिना, चितुवा, हिउँचितुवाको छाला, सातुसलगायतका जनावरको बहुमूल्य अंग चीनतर्फ र हुचिल भारत हुदै खाडी मूलुकमा गिरोहले विक्री गर्ने गरेको छ’ राउतले भने, ‘चितुवाको छाला पनि ठूलै रकममा विक्री हुने गर्छ।’ 

प्रहरीले प्रारिम्भक अनुसन्धानबाट विर्तामोडबाट केही व्यक्तिले इटहरीमा चितुवाको छाला ल्याई दिएको र होटलमा लुकाएर राखेको खुलेको जनाएको छ। पक्राउ परेका व्यक्ति र बरामद गरिएको छाला जिल्ला वन कार्यालयलाई कारबाही गर्न जिम्मा लगाइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ मा वन्य जन्तु चोरी सिकारी मुद्दामा जिल्ला वन अधिकृतले फैसला गर्ने व्यवस्था छ। 

प्रकाशित: २९ माघ २०७४ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App