coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘आर्थिक विकासका लागि काम गर्छु'

धनगढी- प्रदेश ७ मा एमालेका अर्जुन थापा निर्विरोध सभामुख निर्वाचित भएका छन। सभामुख निर्वाचित भएपछि उनले प्रदेश ७ को आर्थिक विकास र स्मृद्धीका लागी नियम र कानुन बनाउन भूमिका खेल्ने प्रतिक्रिया दिएका छन। ‘यो प्रदेश नम्बर ७ को विकास र सम्बृद्धिका लगी धेरै नियम कानुन निर्माण गर्नुपर्ने छ’उनले भने,‘सवै सासंदसँगको छलफल र समन्वयमा आर्थिक स्मृद्धीका लागी कानुन निर्माण गर्न म भूमिका निर्वाह गर्छु।’ पार्टी भन्दा माथी उठेर र सवै सासंदलाई एकताबद्ध गरेर यो प्रदेशको आर्थिक विकास र सम्बृद्धिका लागी गरिमामय संसदमा भूमिका निर्वाह गर्ने उनको भनाई छ।

‘गरिमामय संसदले सर्वसम्मत रुपमा मलाई सभामुखको जिम्मेवारी दिएको छ, यसलाई मैले गम्भिरतापूर्वक रुपमा लिएको छु’उनले भने,‘ पार्टी भन्दा माथी उठेर सत्तापक्ष र विपक्ष सवै सासंदको भावना र चाहाना सिमोटेर अघि बढ्ने प्रण गर्दछु।’

प्रदेश सभाको सोमवार दिउँसो बसेको बैठकले थापालाई निर्विरोध निर्वाचित गरेको हो। बैठकको अध्यक्षता ग्रहण गरेकी ७४ बर्षिय जेष्ठ नगारिक दिव्यश्वरी शाहले प्रदेश सभा कार्यविधि अन्तरिम कार्यसञ्चालन अनुसार सभामुखका लागी एकमात्र प्रस्ताव परेकाले अर्जुन थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन्।

एमालेका दिर्घ सोडारीले बैठकमा सभामुख अर्जुन थापा हुनुपर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उनको प्रस्तावमा समर्थन गर्न अध्यक्षता ग्रहण गरेकी जेष्ठ सदस्य शाहले माओवादीका त्रिलोचन भट्टलाई समय दिइन्। त्रिलोचन भट्टले समर्थन जनाएपछि उनले निर्विरोध भएको घोषणा गरिन्।

प्रकाशित: २९ माघ २०७४ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App