coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बिमलको टोली मोहन बगानको हार

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगर सम्मिलित भारतीय क्लब मोहन बगान सोमबारको खेलमा गोकुलमसँग पराजित भएको छ।

खेलको ६५ औं मिनेटमा मैदान छिरेका बिमलले मैदानमा जम्मा ३५ मिनेट बिताएका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गीएको थियो। 

दोस्रो हाफको ७६ औं मिनेटमा गोकुलमका मोहम्मदले गोल गरे भने लगत्तै मोहन बगानका दिपान्दाले ७८ औं मिनेटमा गोल फर्काएर खेल बराबरी अबस्थामा फर्काएका थिए। खेलको अन्त्यमा गोकुलमका हेनरी किसेक्काले गरेको गोल नै जितका लागि निर्णायक बन्यो।

हारसँगै मोहन बगानको ३ अङ्क घटाएर २१ अङ्कसहित चौथो स्थानमा यथावत रहेको छ।

प्रकाशित: २९ माघ २०७४ १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App