काठमाडौं- नेपाली कांग्रेसले समानुपातिकतर्फ चालीस नेताको नाम निर्वाचन आयोगमा बुझाएको छ। निर्वाचन आयोगले दिएको समयसिमाभित्र कांग्रेसले बन्दसूचीमा रहेका ४० नेतालाई सांसदमा निर्वाचित गराउन सिफारीस गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले नेताहरुको नाम सिफारीस गर्ने निर्णय गरेको हो। जस अनुसार खस आर्य समूहबाट केन्द्रीय सदस्यहरु बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर (अपांगता) परेका छन् । त्यस्तै, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे र महिलातर्फ केन्द्रीय सदस्यहरु सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला सांसद् हुने छन् । त्यसपछि मीना पाण्डे, उमा रेग्मी, दीपशीखा शर्मा परेका छन्।
त्यस्तै, मधेसी समुदायबाट उद्यमी विनोद चौधरी, स्मृतिनारायण चौधरी, नागेन्द्रकुमार राय पर्ने छन् भने महिलाबाट पार्टी कोषाध्यक्ष सीतादेवी यादव, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव र मीनाक्षी झा समेटीएका छन्। आदिवासी जनजाति समुदायबाट केन्द्रीय सदस्य बहादुरसिंह लामाका साथै उद्यमी कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जीप छिरिङ लामा र दिव्यमणि राजभण्डारी परेका छन् भने महिलातर्फ ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हीरा गुरुङ, मीना सुब्बा छन् ।
दलित समुदाय अन्र्तगत केन्द्रीय सदस्यद्वय मानबहादुर विक, मीन विक र प्रकाश रसाइली सांसद् बन्ने छन् भने महिलाबाट सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली छन् । थारु समुदायबाट पद्मनारायण चौधरी, पार्वती डिसी चौधरी र नमिताकुमारी चौधरी सिफारीमा परेका छन् । मुस्लिम समुदायबाट अत्तहर कमाल मुसलमान र महिलातर्फ सर्वत आरा खानको नाम अट्ने छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
डिशहोमले एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि एसईई तयारी कक्षा प्रसारण गर्ने भएको छ । ...
नेपालका लागि रोयल इनफिल्ड बाइकको बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले उक्त बाइकको क्लासिक ३५० सिसी डुअलच्यानल एबिएस सहितको बिएस४ सार्वजनिक गरेको...
नेपाल वायुसेवा निगमले थप दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने भएको छ । ...
नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले २० करोड ६२ लाख ९१ हजार रुपैयाँ नाफा गरेको छ । ...
नाडा आटोमोबाइल एसोसिएसन अफ नेपालमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल अध्यक्ष चुनिने पक्का भएको छ । ...
यसमा तपाईको मत