७ वैशाख २०८१ शुक्रबार
समाज

जुम्लामा हिमपात

जुम्ला- जुम्लामा हिमपात सुरु भएको छ। हिमपातले जनजीवन कष्टकर भएपनि कृषि क्षेत्रमा फाइदा हुने भन्दै कृर्षकहरु खुसी भएका छन्। वर्षा भएसंगै जुम्ला सदरमुकाम लगायतका आसपासका क्षेत्रमा हिमपात भएको हो। गत वर्ष पुसमा नै हिमपात भएको जुम्लामा यस वर्ष भने माघ अन्तिममा मात्रै हिउँ परेको छ।

गत भदौ देखि  वर्षा नहुँदा हिउँदेबाली सुक्ने अवस्थामा थियो। खडेरीका कारण ५० प्रतिशत हिउँदेवाली नष्ट भईसकेको कृषि प्राविधिक बताउँछन्। तर सोमबारदेखि परेको हिमपातले खेतवारी ओसीलो हुने र अव गहुँ, जौ, मकै, आलु लगायतका बालिलाई फाइदा हुने भएकाले जुम्लाका किसान निकै उत्साहित भएका छन्।

 हिमपात पछि जुम्ला सदरमुकाम देखि देखिने उच्च हिमालय र चुचुराहरु सेताम्मे भएका छन्। हिमपात पछि अत्यधिक जाडो बढेको छ। बिहानैदेखि परेको पानि र हिमपातले सौर्य उर्जादेखि चार्ज भएर संचालन भएका जिल्लाका एफएम स्टेशनले पनि आफ्नो नियमित प्रसारण सेवा छोट्याउनु परेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App