हिंसाका घटना बढेकामा चिन्ता व्यक्त

सोमबार, २९ माघ २०७४, १३ : ३१ नागरिक

ललितपुर - नेपालमा प्रत्येक वर्ष ठूलो संख्यामा मानिस आगलागी वा अन्य रसायनको ज्वलनमा परी अकालमै निधन वा घाइते हुने गर्छन् । तीमध्ये अधिकांश भवितव्यबाट नभई सुनियोजित रुपमा भएका घटनाबाट पीडित भए पनि उनीहरुले समयमै न्याय पाउन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

बिभिएस नेपाल नामक संस्थाद्वारा सञ्चारकर्मीका लागि आयोजित अग्नि हिंसाजस्ता लैंगिक हिंसा विषयक अभिमुखीकरण कार्यक्रमका सहभागी वक्ताले महिला र युवतीविरुद्ध हुने हिंसामध्ये जलाएर र रसायन तथा  एसिड छर्केर गरिने हिंसाका बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता घटना अत्यन्त क्रुर र पीडादायी हुने तथा समयमै उपचार र न्याय नपाउने गरेकाले पीडितहरुको पक्षमा सहयोग र पैरवी गरिनुपर्ने उनीहरुको भनाइ छ ।

जलनका घटना पीडितमा शारीरिक असक्षमता, कुरुपता, दीर्घकालीन स्वास्थ्य जटिलता, मानसिक आघात हुने र सामाजिक अपहेलना व्यहोर्नु पर्ने हुँदा कतिपयले आत्महत्यासमेत गर्नु परेको भन्दै यस्ता विषयमा सञ्चार माध्यमले संवेदनशीलता देखाउँदै समाचारमा प्राथमिकता दिनुपर्ने धारणा वक्ताहरुको थियो ।

बिभिएस नेपालका अनुसार नेपालमा वर्षमा करिब ५६ हजार व्यक्ति अर्थात् प्रत्येक दिन १५३ जना, प्रतिघण्टा छजना र प्रत्येक १० मिनेटमा एकजना आगलागीमा परी घाइते हुने गर्छन् ।

नेपालको ग्रामीण क्षेत्रमा हुने दुर्घटनाका घाइतेमध्ये जलनको घाइते दोस्रो नम्बरमा पर्छन् । जसबाट अंगभंग भएकामध्ये पाँच प्रतिशत घाइते जलनका कारणले भएको पाइन्छ । जनवरी २०१० देखि हालसम्म २४९ भन्दा बढी ९१७९ जना महिला र बालबालिका० पीडित भएको तथ्यांक छ । तीमध्ये करिब ५५ प्रतिशतले गहिरो घाउका कारण ज्यान गुमाइसकेको सो संस्थाले जानकारी दिएको छ ।

कार्यक्रममा युनिसेफ नेपालका दीपक श्रेष्ठले जलनबाट पीडितलाई कानूनी र मनोवैज्ञानिक उपचारको खाँचो रहेको बताउँदै मिडियाले घटनाको एकपटक समाचार दिएर नपुग्ने, त्यसको ‘फलो–अप’ गरिरहनुपर्नेमा जोड दिए ।

बिभिएस नेपालका अध्यक्ष सुलक्षण रानाले जनवरी २०१४ देखि हालसम्म ४० जना महिला तथा बालबालिका जलनसम्बन्धी हिंसाको शिकार भएकामा एकाध घटनामात्रै सञ्चार माध्यममार्फत सार्वजनिक भएको बताए ।त्रिवि शिक्षण अस्पतालका डा ईश्वर लोहनीले समाजमा घरेलु हिंसाजन्य जलनका घटना बढ्दै गए पनि घटना लुकाउने वा अन्य कारणबाट भएको भन्ने गरेकाले पनि समयमै कानूनी उपचार पाउन कठिन भएको उल्लेख गरे । रासस
 







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad