coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उदयपुरबाट प्रतिनिधिसभामा २ महिला सांसद थपिए

उदयपुर – प्रतिनिधिसभामा उयदपुरबाट २ जना महिला सांसद थपिएका छन् । नेपाली कांग्रेसबाट समानुपातिकतर्फ २ सांसद प्रतिनिधिसभामा थपिएका हुन् । कांग्रेसले अघिल्लो दिन निर्वाचन आयोगलाई दिएको सिफारिस अुनसार पार्टी नेतृ प्रमिला राई र दलित नेतृ लक्ष्मी परियार कांग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा सांसद परेका हुन्। 

यसअघि ०६४ को चुनावमा पनि राई र परियार समानुपातिक सभासद भएका थिए।  आदिवासी जनजाति महिलातर्फबाट सांसद छानिएकी राई कांगे्रस संस्थापक विपीका सहकर्मी स्वर्गीय बलबहादुर राईकी छोरी हुन् । उनी ०७० को दोस्रो संविधानसभा चुनावमा उदयपुरका तत्कालीन ३ वटा निर्वाचन क्षेत्रमध्ये १ र ३ मा कांग्रेसले जित्दा राई झिनो मतले पराजित भएकी थिइन्। 

१ बाट डा. नारायण खड्का र ३ बाट नारायण कार्कीले फराकिलो अन्तरले चुनाव जित्दा राई भने २३ मतले एमाले उम्मेदवार मञ्जुकुमारी चौधरीबाट पराजित भएकी थिइन्। उनको पराजयपछि कांग्रेस पूर्व जिल्ला सभापति, क्षेत्रीय सभापति हुँदै नगर वडातहसम्मका कार्यकर्तामाथि अन्तरघातको कारबाही भए पनि २ वर्षपछि भएको महाधिवेशनताका फुकुवा भएको थियो । पार्टीनिकट दलित संघमार्फत क्रियाशिल पार्टी केन्द्रीय सदस्य परियार भने ०७० मा पनि समानुपातिक उम्मेदवार बनाइए पनि बन्द सूचीमा अटेकी थिइनन्।

राई र परियार समानुपातिकमा सांसद थपिएसँगै उदयपुरबाट प्रतिनिधिसभामा पनि महिलाको प्रतिनिधित्व हुन पुगेको छ। प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ मा नारायण खड्का कांग्रेसबाट र २ बाट सुरेशकुमार राई (हिमाल) नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधिसभामा विजयी भएका छिन् । राई र परियारसहित अब प्रतिनिधिसभामा उदयपुरबाट सांसद संख्या ४ पुगेको छ । 

प्रदेशसभामा भने उदयपुरबाट ४ महिलासहित ७ जनाको प्रतितिधित्व भएको छ। प्रत्यक्षतर्फ १ महिला र ३ पुरुष विजयी भएका छन् भने ३ महिला समानुपातिकबाट सांसद चयन भएका छन् । प्रत्यक्षमा १ (क) मा एमालेका बिमल कार्की, (ख) मा कांगे्रसका हिमाल कार्की, २ (क) मा माओवादी केन्द्रका नारायण बुर्जा मगर र २ (ख) मा एमालेकी कला घले विजयी भएका छन् । समानुपातिकतर्फ एमालेबाट अम्बिका थापा र सुनिता चौधरी तथा कांग्रृसबाट सञ्जा दनुवार प्रदेश सांसद छानिएका छन्। 

प्रकाशित: २९ माघ २०७४ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App