अग्लो हनुमान मूर्तिले खिच्दैछ धेरैको ध्यान

सोमबार, २९ माघ २०७४, ११ : ४९ अमृत भादगाउँले

भक्तपुरस्थित दधिकोट क्षेत्रमा एउटै ढुंगामा बनाइएको १६ फिट अग्लो हनुमान मूर्ति हेर्ने तथा पूजा गर्नेको चहलपहल बढ्दै गएको छ । मन्दिरमा हरेक बिहान भक्तजनको घुइँचो लाग्ने गर्छ ।

हिञ्चोक भैरव सुधार एवं संरक्षण संस्थाले सूर्यविनायक नगरपालिका–४ हिञ्चोकमा ‘रामदास हुनमान’ मूर्ति बनाएको हो । पुजारी राजन बस्नेतका अनुसार नवलपरासीको जयश्री खोलाबाट ल्याइएको ४६ टनको ढुँगा खोपेर मूर्ति बनाइएको छ । मूर्ति बनाउन ५० लाख रूपैयाँ भन्दा बढी खर्च लागेको छ ।  संस्थाले पत्थरबाट बनेको नेपालकै अग्लो हनुमान मूर्तिका रूपमा यसको प्रचार गर्दै आएको छ । देब्रे घुँडा टेकेर बसेका हनुमानको छातीमा राम र सीताका मूर्ति कुँदिएको छ । कलाकार सानुभाई विश्वकर्माको समूहले तीन वर्ष लगाएर कुँदेको मूर्ति सिसाभित्र राखिएको छ ।

गत वर्ष शिवरात्रिदेखि मूर्ति सर्वसाधारणका लागि खुला गरिएको थियो । संस्थाका पूर्वअध्यक्ष समेत रहेका बस्नेत र दीपक ढुँगेलले पुजारीका रूपमा मन्दिरको नित्य पूजा तथा आरती गर्दै आएका छन् । ‘आर्थिक स्रोत बलियो भएपछि पुजारीको तलब व्यवस्थापन गरिनेछ,’ बस्नेतले भने, ‘अहिले हामी निःशुल्क सेवा गरिरहेका छौँ ।’  

हनुमान मूर्तिका कारण मात्र हिञ्चोक धार्मिक तीर्थ बनेको होइन, यहाँ सदियौँदेखि भैरव, महादेव, कृष्ण, गणेश, सरस्वतीलगायतका मूर्ति छन् । त्यसैले हिञ्चोक धार्मिक क्षेत्रका रूपमा पुजिँदै आएको छ । काठमाडौं उपत्यकाका मल्ल राजाले यहाँ शुभ दिन, शुभ साइत र ग्रह दशा हेराउँथे भन्ने जनश्रुती छ ।  

मन्दिर क्षेत्र साढे तीन रोपनीमा फैलिएको छ । यहाँ शिवरात्रि, रामायण जयन्ती, बिस्केट जात्रा (वैशाख १ गते)मा मेला लाग्छ । त्यसैगरी हरेक १२ वर्षमा हरिसिद्धि ललितपुरका गंठे आएर तान्त्रिक पूजा गर्छन् ।  
हिञ्चोक डाँडा पुग्न अरनिको राजमार्गको नयाँ ठिमीबाट दक्षिणतर्फ करिब १८ सय मिटर लाग्नु पर्छ । डाँडा रमणीय छ ।   

 

 

 

रामायण भजन
हिञ्चोक भैरव मन्दिर हातामा हरेक आइतबार दिउँसो साढे १ बजेदेखि ५ बजेसम्म रामायण भजन गाइन्छ ।  बाजागाजाका साथ भजनकिर्तन गरिन्छ । हिञ्चोक भैरव सुधार एवं संरक्षण संस्थाका पूर्वअध्यक्ष राजन बस्नेतका अनुसार स्व. टीकाबहादुर बस्नेतको अगुवाइमा विसं ०५१ देखि मन्दिर हातामा रामायण भजन सुरु गरिएको थियो । ‘त्यसलाई हामीले निरन्तरता दिएका हौँ,’ उनी भन्छन्, ‘भजनले आध्यात्मिक माहौल बनाउँछ ।’








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad