coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली र दाहालबीच वार्ता

फाइल फोटो

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

ललितपुरको मानभवनमा भएको भेटवार्तामा नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जनकारी दिए।  

पार्टी एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउन सहमत दुई दलबीच एकतामा नीति र नेतृत्वमा सहमति जुटाउन दुई अध्यक्ष वार्तामा जुटेको उनले बताए।

भेटमा चाँडै पार्टी एकता संयोजन समितिको बैठकको तयारीबारे पनि छलफल भएको थियो।

प्रकाशित: २९ माघ २०७४ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App