coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बस दुघर्टना हुदाँ ३ को मृत्यु १४ घाइते

बिरा गडाल

बैतडी– धनगढीबाट बझाङ्गजाँदै गरेको बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। सोमबार दिउँसो ३ बजेतिर बैतडीको जयपृथ्वी राजमार्गअन्तर्गत सिद्धेश्वर–३ वृन्दावन नजिकै ना ५ ख २८३२ नम्बरको सुदूरपश्चिम यातायातको बस सडकबाट करिव डेढ सय मिटर तल जंगलमा खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उद्धार कार्य जारी रहेको जनाएको छ। घाइतेहरुलाई उपचारको लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको प्रहरीले जनाएको छ। खोड्पे प्रहरी चौकीबाट सई रुपसिंह थापा नेतृत्वको उद्धारका लागि खोड्पेबाट बजार ब्यवस्थापन समिति, रेडक्रस र प्रहरी टोलीगएको छ।

ठूलो आवाज आएर दुर्घटना भएकाले टायर पड्किएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।  

 

प्रकाशित: ३१ श्रावण २०७३ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App