फाइलै अघि बढेन भन्ने गुनासो आउन दिन्नौं : ओली

सोमबार, २९ माघ २०७४, ०७ : २१ नागरिक

काठमाडौं (रासस)– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल व्यवस्थापन संघको ३७औं वार्षिक साधारणसभा शुभारम्भ गर्दै उनले विकास र समृद्धिका लागि अब प्रयोग र परीक्षण गर्ने तथा पर्ख हेरौं न त भन्ने समय नरहेको धारणा व्यक्त गरे ।नेपालमा लगानीको निमित्त विभिन्न ढोका चाहानुपर्ने बाध्यताका कारण लगानीकर्ता अन्यन्त्र पलायन भएर उद्योग स्थापना गरिसक्थ्यो होला तर यहाँ चाहिँ फाइलै अघि बढेन भन्ने गुनासो आउने स्थिति अब आउन दिन नहुनेमा उनले जोड दिए ।

संघीयताबारे हाम्रो अनुभव नरहेकाले आफैंले अभ्यास गरेर अघि बढ्नुको विकल्प नरहेको चर्चा गर्दैै पूर्वप्रधानमन्त्री ओलीले भने, ‘अब हामीले राजनीतिक र आर्थिक पाटोलाई देशको अनुकूल तुल्याउँदै अलि तीव्र गतिमै हिँड्नुपर्छ । अब हाम्रो आकांक्षा, आवश्यकता र योजना विकास र समृद्धि केन्द्रित भएको छ ।’
नेपालले ठूलो बलिदान र लामो संघर्ष गरेर प्राप्त गरेको लोकतन्त्रको मूल्य मान्यता, यथार्थ र साँचो अभ्यासलाई कुनै हालतमा नछाड्ने अठोट व्यक्त गर्दै उनले जुन देशका जनताले आत्मगौरव, आत्मसम्मान र स्वाभिमानको अनुभूत गर्दैनन् त्यहाँको अस्तित्व खतरामा पर्छ ।

गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आर्थिक संरचना र संगठनको निर्माण, पूर्वाधार क्षेत्रमा गुणस्तर, जिम्मेवारीप्रति निष्ठा, विज्ञताको प्रयोग र निजी क्षेत्रबाट आवश्यक सहयोग भएमा विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न कुनै चुनौती खडा हुन नसक्ने बताए ।

नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि भ्यालरी जुलियटले सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्ने सन्दर्भमा नेपालले ठूलो प्रगति हासिल गरेको स्मरण गराउँदै दिगो विकासको लक्ष्य हासिल गर्न शान्ति, योजना र सहयात्राको भावना हुनुपर्ने बताए ।पूर्वसचिव कृष्ण ज्ञवालीले नेपालको आर्थिक र सामाजिक धरातललाई विश्लेषण गर्दा ज्यादै चिन्तित र निकै उत्साहित हुनु पर्ने अवस्था नरहेको बताए ।

अर्थविद् जयन्द्र श्रेष्ठले विकास र समृद्धिको कुरा धेरै उठे पनि अब त्यसको मूर्तरूप संघीयताबाटै हुन्छ भन्ने जनताको अपेक्षालाई सम्बोधन गर्न सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको राजनीतिक व्यवस्थापन हुनुपर्ने बताए ।आयोजक संस्था नेपाल व्यवस्थापन संघका अध्यक्ष सुशील भट्ट र उपाध्यक्ष राजेन्द्र पण्डितले संघीयता कार्यान्वयनसँगै सबै किसिमको व्यवस्थापन गर्न सहज हुने धारणा व्यक्त गरे ।मुलुकलाई द्रुतगतिमा विकास र समृद्धिको मार्गमा लैजान स्थानीय तहबीच सकारात्मक र रचनात्मक प्रतिस्पर्धा गराउन आवश्यक रहेको सो अवसरमा सुझाव दिइएको थियो ।

 






यसमा तपाईको मत

अन्य समाचार

सामसङको ए२०एस नेपाली बजारमा

सामसङको ए२०एस नेपाली बजारमा

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ...

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । ...

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर...

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ । ...

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। ...

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

Ncell Footer Ad