एमाले समानुपातिक सांसद : विद्यार्थी नेतृदेखि नेता पत्नीसम्म

आइतबार, २८ माघ २०७४, २० : ०० नागरिक

काठमाडौं – नेकपा एमालेले समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ। आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले टुंगो लगाएका नाममा नेता पत्नीदेखि विद्यार्थी नेतृसम्म छन्। एमालेले आज प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ प्राप्त ४१ स्थानका लागि नाम निर्वाचन आयोगमा बुझाएको छ।

एमाले चयन गरेका समानुपातिक सांसदमा चर्चित विद्यार्थी नेतृ रामकुमारी झाक्री (आदिवासी जनजाति/महिला), पूर्व सांसद शान्ता चौधरी (थारु/महिला), अनेरास्ववियु अध्यक्ष नविना लामा (आदिवासी जनजाति/महिला), युवा संघकी पूर्वअध्यक्ष निरुदेवी पाल (खसआर्य/महिला), थारुवान आन्दोलनकी नेतृ गंगा चौधरी (थारु/महिला)लाई समावेश गरिएको छ।

नेतापत्नी पनि सांसद

त्यसैगरी एमालेले ४ नेताका पत्नीलाई पनि सांसद बन्ने अवसर प्रदान गरेको छ। बर्दियाबाट चुनाव हारेका उपाध्यक्ष बामदेव गौतमकी पत्नी तुलसा थापा (आदिवासी जनजाति/महिला)ले यो अवसर पाएकी हुन्।

त्यस्तै, प्रदेश ५ का भावी मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलकी पत्नी सुजिता शाक्यलाई एमालेले आदिवासी जनजाति तथा महिला कोटामा सांसद बनाएको छ।

धनुषाका नेता एवं पूर्वमन्त्री रघुवीर महासेठकी पत्नी जुलीकुमारी महतोलाई पनि  मधेसी/महिला कोटामा प्रतिनिधीसभा सदस्यका लागि सिफारिस गरिएको छ।

पार्टी केन्द्रीय कार्यालय सचिव एवं काठमाडौं ९ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य कृष्णगोपाल श्रेष्ठकी पत्नी विना श्रेष्ठ (आदिवासी जनजाति/महिला) पनि सिफारिसमा परेकी छन्।

एमालेले दासढुंगा दुर्घटनामा ज्यान गुमाएका जीवराज आश्रित पत्नी मायादेवी न्यौपाने (खसआर्य/महिला)लाई पनि समानुपातिकतर्फ सिफारिस गरेको छ।





यसमा तपाईको मत

अन्य समाचार

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

Ncell Footer Ad