८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलको सपथ सोमबार ९ बजे

मकवानपुर- प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा नेकपा एमालेका डोरमणि पौडेलको सोमबार सपथ हुने भएको छ। पौडेललाई प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले सोमबार ९:३० बजे पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम रहेको छ।

पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमालेको सिफारिस र माओवादीको सर्मथनको पत्र आइतबार प्रदेश प्रमुख कोइरालालाई बुझाइएको थियो। एमाले संसदीय दलका नेता पौडेलले एमालेका ५८ जना सांसदहरुको हस्ताक्षरसहितको पत्र तथा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कटेलले समर्थनपत्र आईतबार दिउँसो साढे १ बजे प्रदेश प्रमुख कार्यालयमा बुझाएको थियो।

शुक्रबार ललितपुरमा भएको एमाले संसदीय दलको निर्वाचनमा पौडेलले एमाले उपाध्यक्ष एवम् ३ नम्बर प्रदेश कमिटी संयोजक अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै संसदीय दलको नेतामा निर्वाचित भएका थिए। पौडेलले ३४ मत पाएर बिजयी हुँदा आकांक्षी शाक्यले २४ मत पाएकी थिईन्। पौडेल एमाले अध्यक्ष केपी शर्मा ओली समूहबाट र शाक्य बरिष्ठ नेता माधवकुमार नेपालको समूहबाट चुनाब लडेका थिए।

 

प्रकाशित: २८ माघ २०७४ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App