नागा बाबाको ‘चर्तिकला’ रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

आइतबार, २८ माघ २०७४, १८ : ३६ नागरिक

काठमाडौं- शिवरात्रीको अवसरमा पशुपतिक्षेत्रमा नागा बाबाको चर्तिकला प्रदर्शन रोक लगाउन माग गर्दै रिट परेको छ।

अधिवक्ता यज्ञमणी न्यौपानेले शिवरात्रीमा पशुपति क्षेत्र लगायतका शिवालयमा नागावावाको चर्तिकलाले महिला बालबालिका माथी यौनहिंसा गरि मनोवैज्ञानिक प्रभाव पर्ने हुँदा यस्ता क्रियाकलापमा रोक लगाउन माग गर्दै रिट दर्ता गरेका हुन्। रिटमा प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र पशुपति क्षेत्रविकास कोष लगायतलाई विपक्षी बनाइएको छ।

शिवरात्रीमा भाङ धतुरो, गाँजा चरेस जस्ता लागुपदार्थ सेवन गरेका खरानी दलेका नाङ्गा मानिसहरु बोलाई हिन्दु धर्मालम्बी शिवभक्त महिला बालबालिकामाथि ति नाङगा मानिसको लिङगमा दलेको खरानीको टिका लगाउन लगाउने, लिंगको प्रयोग गरि विभिन्न अश्लिल खेलहरु खेल्ने लगायतका क्रियाकलाप कानुन विपरित भएको रिट निवेदनमा उल्लेख गरिएको छ।

शिवरात्रीको अवसरमा पशुपति लगायतका शिवालयहरुमा नागा वावाहरुलाई नाङगै हिडडुल गर्न, लिङगको खरानी दल्ने तथा दलिदिने लगायतका कार्य नगर्नु नगराउनु, धार्मिक पर्वका नाममा अश्लिलताको प्रदर्शनको लागि नेपाली रकम खर्चेर सीमापारबाट नाङगा वावाहरु ल्याउने कार्य बन्द गराउन माग गरिएको छ।

नागावावाहरुलाई अश्लिलरुपमा लिंग खुला राख्न राख्न नदिनु, खुला राखी बस्न नदिनु, नवसाउनु तथा महिला, बालबालिका समेतलाई लिङग छुवाउने, पूजा गराउने तथा लिंग प्रदर्शन गराउने कार्य बन्न गराउन रिटमा माग गरिएको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad