७ वैशाख २०८१ शुक्रबार
समाज

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित कुखुरा तस्करी

सिकाज्योती नाकास्थित लगडीगोठबाट पक्राउ गरेको गाडी । तस्बिर : नागरिक

सिरहा – ‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रसाशन मिलाएर जे गर्दा पनि सम्भव छ)’ सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाई लोकप्रिय बनेको छ। जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले बेरोक भित्र्याउनु।

पछिल्लो समय सिरहाको विभिन्न नाकाबाट तस्करले नेपालमा प्रतिबन्धित भारतीय कुखुरा भारी मात्रामा भिœयाइरहेका छन्। तस्करको यो कार्यलाई सघाउँदै छन् चोरीपैठारी नियन्त्रणका लागि सीमामा तैनाथ सशस्त्र प्रहरी बलले। यहाँसम्म की सशस्त्र प्रहरीको सादा पोशाककर्मीले तस्करका सामानलाई सुरक्षित स्थान(व्यपारीका गोदाम) सम्म ल्याउन स्कर्टिङ गरिदिन्छन्, स्थानीय बताउँछन्।

सुरक्षाकर्मीको मिलोमतोमा सिरहामा फस्टाएको प्रतिबन्धित भारतीय कुखुराको तस्करी धन्दा शुक्रबार सीमानाका लगडीगोठमा छताछुल्ल भयो। भन्सारका कर्मचारीले ईलाका प्रहरी कार्यालय लगडीगोठ नजिकै रहेको आँप बगैचाबाट भारी परिमाणमा भारतीय तयारी कुखुरा नेपाली नम्बर प्लेटको पीकअप गाडीमा अनलोड गर्दैगर्दा बरामद गर्यो। 

सिकाज्योती नाकाक्षेत्रबाट भित्रीएको उतm प्रतिबन्धित भारतीय कुखुरा लगडीगोठको आँप बगैचामा नेपाली नम्बर प्लेटको गाडीमा पल्टी गरी भारतीय गाडी पारी फर्कीने गरेको भन्सारसँग सूचना थियो। भारतीय गाडी पारी फर्किनु भन्दा अगाडी नै पुगेको भन्सारको गस्ती टोलीले सुरक्षाकर्मी र प्रतिबन्धित कुखुरा तस्करीको सेटिङ ब्रेक गरिदियो। 

ईलाका प्रहरी कार्यालय लगडीगोठको छेवैमा र बोर्डर आउटपोष्ट सिकाज्योतीबाट एक किलोमिटर भन्दा पनि कम दूरीमा छ। जिल्लाका विभिन्न नाकाबाट भारतीय कुखुरा भारी परिमाणमा भित्रिरहेको सूचना पछ्याउँदै शुक्रबार भन्सारको गस्ती टोलीले लगडीगोठ पुग्दा पाँच वटा भारतीय नम्बर प्लेटको पीकअप जीपबाट भारतीय कुखुरा अनलोड गरी राखिएको पाँच वटा नेपाली नम्बर प्लेटको पीक अप जीप बरामद गर्यो। 

भन्सारको गस्ती टोलीलाई देखेर गाडी चालकसहित अन्य व्यतmीहरु भागेको जिल्ला भन्सार कार्यालय माड्रका नायब सुब्बा नवीन ठाकुरले बताए। ‘हामी जम्मा छ जना थियौँ ठाकुरले नागरिकसँग भने, ‘थप टोली आउन्जेलसम्म गाडी चालकसहित तस्करहरु फरार भए।’ ‘मध्यरात भएकोले हाम्रो आँखा छल्न उनीहरु(तस्करहरु) सफल भए उनले भने, ‘अनुसन्धानबाटै हामी तस्करसम्म पुग्छौं।’

को २ च ७८५, ना ३ च ९९७९, ना ३ च १२७९, को २ च ७३४, लु २ च १८४५, बिआर ३१ जीए ७२६९, बिआर ११ जीवी २२७४, बिआर ०६ बी १२६१, बिआर ०६ जीबी ५३९८, बिआर ११ एस ६१४६ नम्बरगरी पाँच नेपाली र पाँच भारतीय नम्बरको कुखुरा बोकेको गाडी पक्राउ गरी भन्सारले कारबाही अगाडी बढाईसकिएको नायव सुव्वा ठाकुरले बताए। करिब चार हजार थान प्रतिबन्धित कुखुरा खाल्डो खनेर नष्ट गरिएको उनले बताए।

बरामद उक्त प्रतिबन्धित भारतीय कुखुरा सिरहामा स्टक गरि मिर्चैया र गोलबजारमा सप्लाई गर्ने तयारी रहेको स्रोतले बतायो। यो नाकाबाट भित्रीने भारतीय कुखुरा सिरहामा स्टक गरेर अन्य सहरहरुमा पठाउने क्रम पछिल्लो समय तिब्र भएपछि भन्सार कर्मचारीहरु नियन्त्रणका लागि तम्सीएका हुन्। बिभिन्न सीमानाकाबाट भिœयाएर भारतीय कुखुरा स्टक हुने अर्को सहर हो लहान र गोलबजार। 

पक्राउ परेका सवारी साधनको हकमा चोरी पैठारी नियन्त्रण ऐन २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत मुद्धा दर्ता भई अनुसन्धान अगाडी बढाइएको ठाकुरले बताए। ‘पक्राउ परेका गाडीको नम्बरमार्फत सवारी धनी खुलाई पठाईदिन यातायात व्यवस्था कार्यालय लहानमा पत्राचार गर्ने तयारी गरेका छौं’ उनले भने, ‘यसबाट कुखुरा तस्करसम्म पुग्न सहज हुन्छ।’ 

बरियारपट्टी, नरगी, सिकाज्योती, कल्याणपुर र सप्तरीको बेल्ही नाकाक्षेत्रबाट पछिल्लो समय प्रतिबन्धित भरतीय कुखुराको तस्करी बढी भइरहेको छ। यी सबै नाकाक्षेत्रमा सशस्त्र र प्रहरीको उपस्थिति छ।

पछिल्लो समय सुरक्षाकर्मीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सुरक्षाकर्मीका घुमुवा (सादा पोशाकका प्रहरी) ले देखाएको बाटोबाट कुखुरा तस्करी गर्ने क्रम बढेको छ। 

प्रकाशित: २८ माघ २०७४ ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App