५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी युएर्इ भ्रमणमा

दुबई – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार संयुक्त अरब इमरेट्स (युएइ) आइपुगेका छन्। खाडी मुलुकहरुको भ्रमणका सिलसिलामा उनी युएइ आएको मोदीका सहयोगीहरुले जानकारी दिएका छन्। 

युएर्इको सैनिकका उप सर्वोच्च कमाण्डर सेख मोहम्मद बिन जायद अल नाहयानले मोदीलाई राजधानी अबुधावीमा स्वागत गरेको  स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ‘मोदीको भ्रमणले दुई देशको निकै पुरानो र ऐतिहासिक सम्वन्धलाई थप बलियो र मित्रवत बनाउने देखाएको छ,’ मोहम्मद बिन जायदले ट्विटरमा लेखेका छन्।

भारतीय प्रधानमन्त्री मोदीको युएइ भ्रमणका क्रममा विषेश गरेर उर्जा, जनशक्तिलगायतका क्षेत्रका झण्डै १२ देखि १४ वटा सम्झौताहरुमा हस्ताक्षर हुने अपेक्षा गरिएको दुबई डेली गल्फ न्युजले समाचार लेखेको छ। 

युएइको सबैभन्दा ठूलो सहर दुबईमा आइतबारका दिन प्रधानमन्त्री मोदीले विश्व सरकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। 

भारतीय सरकारको उच्चस्तरीय नेताहरुमा झण्डै ३४ बर्षपछि सन् २०१५ मा मोदीले युएईको भ्रमण गरेको बताइएको छ। 

प्रकाशित: २८ माघ २०७४ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App