७ वैशाख २०८१ शुक्रबार
समाज

काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो, २६ घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयाे

बस दुर्घटनास्थलमा उद्धार कार्यमा खटिएका स्थानीय। तस्विर सौजन्यः किशन पन्तको फेसबुक

बनेपा— काभ्रेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। करिब ३५ जना घाइते छन्। सेनाकाे हेलिकप्टरले २६ जना  घाइतेलाई उद्धार गरी टिचिङ अस्पताल महाराजगँज र ट्रमा सेन्टर ल्याएकाे छ। अन्य घाइतेलाइ एम्बुलेन्समार्फत धुलिखेल अस्पताल ल्याइएकाे छ।

काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो। प्रहरीले दुर्घटनामा ३१ को मृत्यु भएको पुष्टि गरेको हो।

कात्तिके देउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो। प्रहरीले दुर्घटनामा ३१ को मृत्यु भएको पुष्टि गरेको हो।

बसले कोचाकोच यात्रु राखेको थियो। बसभित्र र छतमा गरी करिब ८५ जना यात्रु रहेको प्रहरीले जनाएको छ। अत्यधिक यात्रु बोकेको बस अनियन्त्रित भएर विर्तादेउराली ७ खहरेखोला नजिकै सडकबाट तल खसेको थियो।

घटनास्थलबाट कात्तिके देउराली गाविसका सब इन्जिनियर नरेश कार्कीले बताएअनुसार दुर्घटनामा परी घाइते भएकाहरुलाई स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य भइरहेको छ। करिब ४० जना घाइतेलाई बसभित्रबाट बाहिर निकालिएको उनले जानकारी दिए। '४० जना घाइतेलाई उद्धार गरिएको छ। बस चालक खुट्ट भाँचिएको अवस्थामा उद्दार गरिएको छ', उनले भने।

मृतक र घाइते हुनेहरु अधिकांश कात्तिके देउराली, विर्तादेउराली र मादनकुँडारी गाविसका रहेको स्थानीय पुष्करराज पन्तले बताए। उनका अनुसार बसभित्र धेरै मान्छे च्यापिएका छन्। उनीहरुको उद्धार गर्न फलाम काट्ने मेसिन आवश्यक रहेको उनले बताए।

धेरै डाेल भएका कारण बस दुर्घटना भएकाे  बसका यात्रु कात्तिके देउराली -६ का विनादे न्याैपानेले जनाए। उनका अनुसार बसकाे छतमा रहेका यात्रु हामफालेर बाँच्न सफल भएपनि बस भित्र रहेका धेरेकाे मृत्यु भएकाे उनले जनाए। अहिले घटनास्थलमा पानी परिरहेका कारण उद्दारमा समस्या भएकाे प्रमुख जिल्ला अधिकारी पन्तले जनाए। उनका अनुसार जिल्ला स्वास्थ्य कार्यलयबाट चिकित्चसकाे टाेली बाेलाइ पाेस्टमार्टम गरी शव अाफन्तलाइ बुझाउने तयारी भएकाे उनले जनाए।

प्रकाशित: ३१ श्रावण २०७३ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App