coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वीरगञ्जबाट हुन्डी गिरोह पक्राउ

तस्बिर : रितेश त्रिपाठी

वीरगञ्ज – वीरगञ्ज लिङ्करोडबाट हुन्डी कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार (आज) दिउँसो २ बजेतिर रिङरोडस्थित दक्षिणकालीको एक पसलबाट प्रहरीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मुख्य कारोबारी भारत रक्सौल घर भएका रितेशकुमार गुप्ता रौनियार, रितेशका कार्यालय कर्मचारी बिनिता अग्रवाल र सहयागी मनोज पटेल रहेका छन्।

त्यस्तै घरधनी राजेश रौनियारलाई पनि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए । उनीहरुको साथबाट प्रहरीले ५६ लाख नगद, २ बोरा कागजात र  बिभिन्न बैकका चेक बरामद गरेको छ।

प्रकाशित: २८ माघ २०७४ ०९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App