हाकिमको मोजमस्तीका लागि गोरखाको पुनः निर्माण गोष्ठी पोखरामा

आइतबार, २८ माघ २०७४, १३ : २५ नरहरि सापकोटा

गोरखा – भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको पुनः निर्माण सम्बन्धी गोष्ठी पोखरामा गरिएको छ । आजदेखि सुरु भएको दुई दिने गोष्ठी गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहितको पुनः निर्माणमा प्रत्यक्ष संलग्न कार्यालयका प्रमुख, गैरसरकारी संघ संस्थाका व्यक्तिहरू पोखरामा छन् । उक्त गोष्ठी पुनः निर्माण प्राधिकरण गोरखाको आयोजनामा चलिरहेको छ । त्यहाँ दाता भने गोरखामा भूकम्प पीडितका लागि काम गर्न आएका अन्तराष्ट्रिय गैरसरकारी संस्था छन् । प्राधिकरणले एनजिओ/आइएनजिओसँग पैसा उठाएर पोखरामा कार्यक्रम गरेको हो। 

गोरखाको पुननिर्माण ५० प्रतिशत पनि पुरा नभएको अवस्थामा यहाँको समीक्षा भने पोखरा स्थित बाराही होटलमा चलिरहेको छ । गोष्ठी पोखरामा भएको प्रति जिल्लाका सरोकारवाला र भूकम्प पीडितले आक्रोश व्यक्त गरेका छन् । गोष्ठीमा भूकम्प पछिको पुन निर्माणमा प्रत्यक्ष सरोकार राख्ने भूकम्प पीडित र स्थानीय तहका जनप्रतिनीधिलाई भने सहभागी गराइएको छैन । थोरै सहभागी गराएर रमाइलो गर्न पोखरामा सीमित व्यक्तिलाई सहभागी गराएर कार्यक्रम गराइएको प्राधिकरण स्रोतले जनाएको छ। 

गोष्ठीमा सहभागी पुनः निर्माण प्राधिकरण गोरखाका प्रमुख बेदप्रसाद आचार्यले भने ‘सबैले पोखरामा गरौँ भने हामीले पनि हुन्छ भनेर गरेका हौँ ।’ उनी प्रमुख भएर आएको दुईसाता भित्रै पोखरामा गोष्ठी गरेका हुन्। यस्तो खालको सर्वपक्षीय गोष्ठी प्राधिकरणले गोरखामा अहिलेसम्म गरेको छैन। 

‘आजदेखि गोष्ठी सुरु भएको छ, यो गोरखामा गरेको भएपनि हुने खालको कार्यक्रम थियो’ सहभागी एक सदस्यले भने ‘भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको पुनः निर्माण समीक्षा गर्न भूकम्पले खासै असर नपुगेको पोखरा किन आउनुपरेको हो त्यो थाहा भएन।’ कतिपय सहभागीलाई पोखरामा कार्यक्रम भन्ने मात्रै थाहा थियो तर के कार्यक्रम भन्ने बारेमा कार्यक्रम सुरु भएपछि पोखरा पुगेर मात्रै थाहा भएको बताए । रमाइलो गर्न हाकीमहरूलाई सहज होस् भन्ने उद्देश्यले त्यहाँ कार्यक्रम भएको एक कर्मचारीले बताए । कार्यक्रम भएको होटलमा १० वटा कोठा बुक गरिएको छ भने करिब ४० जनाका लागि खाना अर्डर गरिएको छ। केही सहभागीलाई भने बस्नका लागि आफैँ व्यवस्था गर्न भनिएको छ। 

कार्यक्रममा सहभागी सबै गोरखाबाट पोखरा पुगेका थिए । कार्यक्रममा करिब ४० जना सहभागी छन् । सोमबार बेलुकी कार्यक्रम सकेर गोरखा फर्कने कार्यक्रममा रहेको पुन निर्माण प्राधिकरण गोरखाले जनाएको छ । कार्यक्रममा स्थानीय विकास अधिकारी, खानेपानी, प्राविधिक, गैरसरकारी संस्था महासंघ, अन्तराष्ट्रिय गैरसरकारी संस्थाको प्रमुख सहभागी छन्। 

 








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad