५ वैशाख २०८१ बुधबार
अर्थ

‘गुण्डा आतंकले काम गर्न असहज’

इलाम – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले ‘गुण्डाराज’ अन्त्य नभएसम्म मुलुकको निर्माण क्षेत्र समृद्ध हुन नसक्ने बताएका छन्।

निर्माण व्यवसायी संघ इलामको साधारणसभा तथा आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै शुक्रबार उनले गुण्डा आतंकका कारण व्यवसायीले ढुक्क भएर काम गर्ने वातावरण नरहेको बताएका हुन्।

‘गुण्डाहरुबाट अझै पनि चन्दाका लागि धम्की आउने क्रम जारी छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘ यस्तो अवस्थामा व्यवसायीले कसरी व्यवसाय सञ्चालन गर्ने ?’

मुलुकभरका निर्माण व्यवसायी र उनीहरुका अर्बौं मूल्य बराबरका निर्माण सामग्रीको सुरक्षाका लागि सरकारले भरपर्दो व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ । विगत केही सातादेखि निर्माण सामग्रीमा निरन्तर मूल्यवृद्धि भइरहेका कारण व्यवसायी थप मारमा परेको उनले बताए।

साधारणसभालाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष तेजबहादुर कुरुम्बाङ, महासचिव रामशरण देउजा, प्रवक्ता विष्णु बुढाथोकी, निर्माण व्यवसायी संघ इलामका अध्यक्ष राजकुमार भक्तराजलगायत वक्ताहरुले व्यवसायीका समस्या समाधान गर्न सरकारले ठोस पहल नगरेको गुनासो गरे।
 

प्रकाशित: २८ माघ २०७४ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App