७ वैशाख २०८१ शुक्रबार
अर्थ

एनआइबिएल एस क्यापिटल लिमिटेडबाट कारोबार

काठमाडौं – एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड एकआपसमा गाभिएका छन् । कम्पनीका अनुसार आइतबारबाट एनआइबिएल एस क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन हुनेछ।

यो मर्जरपछि कम्पनीको चुक्ता पुँजी २७ करोड पुगेको छ । हालसम्मकै सबैभन्दा बढी चुक्ता पुँजी भएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर), एक लाख ४२ हजारभन्दा बढी हितग्राही खाता, चारवटा शाखा कार्यालय र ३८ वटा कम्पनीको सेयर रजिस्ट्रार कार्यमार्फत करिब १० लाख सेयरधनीलाई सेवा दिने कम्पनीले जनाएको छ । कम्पनीले निकट भविष्यमै तीनवटा शाखा थप्ने जनाएको छ।

प्रकाशित: २८ माघ २०७४ ०७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App