७ वैशाख २०८१ शुक्रबार
खेल

ला लिगा फुटबलमा रियल मड्रिडको प्रभावशाली जित

स्पेन – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । प्रतियोगिताअन्तर्गत शनिबार राति सम्पन्न खेलमा रियलले मड्रिडले रियल सोसिडाड ५–२ ले हरायो।

रियललाई जिताउन स्टारइकर क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गर्दा लुकास भाजक्वेज र टोनी क्रुजलले थप एक/एक गोल गरेका थिए । रोनाल्डोले खेलको २७, ३७ र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । योसँगै रोनाल्डोले ला लिगामा ३३ औं ह्याट्रिक पूरा गरेका छन् । खेलको पहिलो मिनेटमानै भाजक्वेजले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । मड्रिडका लागि क्रुजले खेलको ३४ औं मिनेटमा गोल गरेका थिए । पराजित टोली रियल सोसिडाडका लागि ७४ मिनेटमा बाउटिस्टा र ८३ मिनेटमा इरामेण्डीलेले गोल फर्काए।

जितपछि रियल मड्रिड तेस्रो स्थानमा उक्लिएको छ । रियलको २२ खेलबाट ४२ अंक भएको छ । शिर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ५८ अंक छ । रियल बार्सिलोना भन्दा १६ अंकले पछि छ । मड्रिडसँग पराजित सोसिडाड भने २३ खेलबाट २६ अंक जोडदै लिगको १४ औं स्थानमा छ।

अर्को खेलमा लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिकको मड्रिडले मालागालाई १–० ले स्तब्ध पार्यो । एथ्लेटिकको मड्रिडको जितमा खेलको पहिलो मिनेटमा एन्टोनियो ग्रिजम्यानले गरेको गोलनै महत्वपूर्ण ३ अंक जोड्न पर्याप्त बन्यो । जितपछि एथ्लेटिकको मड्रिडको २३ खेलबाट ५२ अंक भएको छ । पराजित टोली मालागा भने २३ खेलबाट १३ अंकका साथ लिगको पुछारमा रहेको छ।

यस्तै रातिनै भएका अन्य खेलमा अलाभेसले भिल्लारियललाई २–१ तथा एइबरले लेगानेसलाई १–० ले हराएका छन्।

 

प्रकाशित: २८ माघ २०७४ ०६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App