coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

उर्लाबारी – मोरङको पथरीशनिश्चरेमा शनिबार राति श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

पथरीशनिश्चरे–९ स्थित श्याम चोक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए।

घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन।
डुबेर एक महिलाको मृत्यु
मोरङको रंगेली नगरपालिकामा–८ झमनपुरस्थित पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । रंगेली–९ बस्ने ५५ वर्षीया कामो ताजपुरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।  (रासस)
 

प्रकाशित: २८ माघ २०७४ ०५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App