७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेविसंघको विवाद मिल्यो

काठमाडौं– नेविसंघका देखिएको विवाद समाधान गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको छ। दुई नेताबीच फर्जी मतदाता नामावली सच्याउने, कुनै जिल्लालाई लक्षित गरी थप गरिएका प्रतिनिधिलाई रद्दगर्नेलगायत सहमति भएको हो।


दुई नेताबीच सहमति भएपछि नेविसंघको महाधिवेशन सुचारु हुने भएको छ। मंगलबार विहान आठ बजेसम्म उम्मेद्वारी दर्ता गर्ने समय तोकिएको छ। भने बुधबार निर्वाचन गर्ने गरी दुई नेताबीच सहमति भएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए।

 

प्रकाशित: ३१ श्रावण २०७३ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App