८ वैशाख २०८१ शनिबार
खेल

अस्ट्रेलियाको लगातार तेसो जित

मेलबर्न– अस्ट्रेलियाले शनिबार इङ्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै क्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा लगातार तेस्रो जित दर्ता गरेको छ।

इङ्ल्यान्डले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य अस्ट्रेलियाले १४.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

अस्ट्रलियाका ग्लेन म्याक्सवेलले सर्वाधिक ३९ रन जोडे । गत बुधबार सम्पन्न दोस्रो खेलमा शतक प्रहार गरेका म्याक्सवेलले तेस्रो विकेटका लागि ओपनर डिआरसे सर्टसँग ६६ रनको महत्वपूर्ण साझेदारी गरे ।

२६ बल खेलेका म्याक्सवेलले ३ चौका र २ छक्का प्रहार गर्दा ३३ बलको सामना गरेका सर्टले ३ चौका र १ छक्काको मद्दतमा अविजित ३६ रन जोडे । त्यस्तै क्रिस लेनले ३१ र एरोन फेन्चले अविजित २० रन जोडे ।

इङ्ल्यान्डका क्रिस जोर्डनले २ र डेविड वेल्लीले १ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङका लागि निम्त्याइएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रनको योगफल तयार पारेको  थियो।

इङ्ल्यान्डका जस बट्लरले सर्वाधिक ४६ र साम विलिङ्सले २९ रन जोडे । ४९ बलको सामना गरेका बट्लरले ३ चौका प्रहार गर्दा २३ बल खेलेका बिलिङ्सले ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै जेम्स भिन्सेले २३ रन बनाए। 

इङ्ल्यान्डलाई कम योगफलमा समेट्ने क्रममा अस्ट्रेलियाका केन रिचार्डसनले ३ र बेली स्टानलेकले २ विकेट लिए।

प्रकाशित: २८ माघ २०७४ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App