coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

समानुपातिक सांसदको भागबण्डा मिल्यो

काठमाडाैं – राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले सोमबार निर्वाचन आयोगमा प्रतिनिधिसभा समानुपातिकको सूची बुझाउने भएका छन्।

समानुपातिकको सूचीमा  नाम सिफारिश गर्ने  विषयमा टुगों लगाउन फोरम नेपाल र राजपाले आन्तरिक गृहकार्य शुरू गरेका छन ।  निर्वाचन आयोगमा यसअघि बुझाएको सूचीका आधारमा नाम  पठाउने तयारी गरेको फोरम र राजपाका नेताहरूले बताएका छन् । प्रतिनिधिसभा समानुपातिकमा राजपा र फोरम नेपाल दुवै पार्टीले पार्टीले ६/६ सिट पाएका छन् । यीमध्ये फोरमले ६ सिटमा एक पुरूष र पाँच महिला पठाउनु पर्नेछ भने राजपाले पाएको ६ सिटमा सबै नाम महिलाको पठाउनु पर्नेछ। 

राजपामा भागबण्डबाट नाम पठाइँदै 
राजपाका अध्यक्ष मण्डलका सदस्यहरूले भागबण्डाबाट  निर्वाचन आयोगमा नाम पठाउने तयारी गरेका छन् । यसअघि निर्वाचन आयोगमा बुझाइएको सूचीमै भागबण्डाबाट नाम राखिएको थियो । अध्यक्ष मण्डलका ६ जना सदस्यले आफू निकट व्यक्तिको नाम सिफारिस गर्ने तयारी गरेको स्रोतको भनाइ छ । राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको सिफारिसमा चन्दा चौधरीको नाम जाने भएको छ । चौधरीको नाममा करिब करिब टुंगो लागेको स्रोतको भनाइ छ । यसैगरी अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोको सिफारिसमा नरमाया ढकालको नाम जाने हुने भएको छ । ढकालको नाममा  यसअघि नै पार्टीभित्र विवाद उत्पन्न भएको थियो । ढकालको नाम फिर्ता लिन पार्टीका दोस्रो तहका नेताहरूले राजेन्द्र महतोलाई दबाब दिए पनि महतोले नाम फिर्ता लिन मानेका थिएनन् ।  ढकालको नाम पनि करिब टुगों लागेको स्रोतको भनाइ छ ।

यसैगरी तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीकी नेतृ तथा हाल राजपाकी सल्लाहकार निर्जला राउतको पनि सिफारिस हुने लगभग पक्कापक्की भएको छ । ढकाल र राउतको नाम खसआर्य र चौधरीको नाम मधेसी कलष्टरबाट सिफारिस हुँदैछ । यसैगरी तत्कालीन सद्भावना पार्टीका पुराना नेता खुसीलाल मण्डलकी बुहारी रानी मण्डलको नाम पनि सिफारिस हुने भएको छ । मण्डलको नाम अध्यक्ष मण्डलका सदस्य अनिल झाको सिफारिसमा र मुस्लिम समुदयाबाट चुन्नी खातुन र दलितबाट दुलारीदेवी खाँणको चर्चा  छ । खाँडले प्रतिनिधिसभाको प्रत्यक्ष्य चुनावमा पार्टीका बागी उम्मेदवारलाई सहयोग गरेको आरोपमा उनलाई कारबाही गर्नु पर्ने माग पार्टीबाटै उठेको छ । खाँणलाई  कारबाही भए उनको सिफारिस हुने सम्भावना कम छ । यसैगरी अमृता अग्रहरी, सुनिता चौधरी र इन्दिरा झाको पनि सम्भावना रहेको स्रोतको भनाइ छ । पार्टी प्रवक्ता सन्तोष मेहताले सोमबार पार्टीले निर्वाचन आयोगमा प्रतिनिधिसभा समानुपातिकको नाम बुझाउने बताए । उनले भने, ‘सोमबार नाम बुझाउने तयारी गरेका छौं । यसबारेमा आइतबारसम्म टुंगो लाग्छ ।’

फोरमबाट कोको जाँदै 
संघीय समाजवादी फोरम नेपालले पनि सोमबार प्रतिनिधिसभा समानुपातिकको नाम निर्वाचन आयोगमा बुझाउने भएको छ । फोरम नेपालले पुरुषतर्फ पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाम पठाउने पक्कापक्की भएको छ । श्रेष्ठको नाम पठाउनका लागि फोरम नेपालले प्रदेश २ मा राष्ट्रियसभा सदस्यमा एक महिलालाई उम्मेदवार बनाएको थियो । फोरमले पठाउने पाँच महिलामध्ये रेणु यादव र सरिता गिरीको नाम पक्कपक्क्ी भएको छ । यसैगरी जनजातितर्फ रेणुका गुरूङको सम्भावना रहेको छ । यसैगरी मुस्लिमतर्फ रुही नाग र मधेसीतर्फ रेखा यादवको पनि चर्चा रहेको छ । यसैगरी फोरमबाट लिला सिटौलको नाम चर्चामा छ।

प्रकाशित: २८ माघ २०७४ ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App