श्रीलङ्कामा निर्वाचन शान्तिपूर्ण, ७० प्रतिशत मत खस्यो

शनिबार, २७ माघ २०७४, २२ : २६ एजेन्सी

135


कोलोम्बो - श्रीलङ्कामा स्थानीयस्तरको प्रतिनिधिका चयन गरिने स्थानीय निर्वाचनमा ७० प्रतिशत मतदाताले सहभागिता जनाएका यहाँको निर्वाचन आयोगले शनिबार जनाएको छ।

स्थानीय समय अनुसार शनिवार बिहान ७ बजे शुरु भई अपरान्ह् ४ बजे सम्पन्न निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको आयोगतथा निर्वाचनमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूले जनाएका छन्।

निर्वाचन पर्यवेक्षकका अनुसार निर्वाचनमा ७० प्रतिशत अर्थात् १५ करोड आठ लाख मतदाताले सहभागिता जनाएका थिए।

निर्वाचनमा राष्ट्रपति मैत्रीपाला सिरिसेना, प्रधानमन्त्री रनिल विक्रमासिङ्गे तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्ष लगायतका उच्च पदस्थ सरकारी तथा प्रतिपक्षी दलका अधिकारीले मतदान गरेको बताइएको छ।

प्रधानमन्त्री विक्रमासिङ्घेले सन् २०१५ मा सत्ता सम्हालेपछि ल्याएको सुधारका कार्यक्रमलाई परीक्षण गर्ने कसीका रूपमा हेरिएको छ।

निर्वाचनमा ६५ हजार प्रहरी, ४१ हजार विशेष सुरक्षा अधिकारी तथा सात हजार कर्मचारीको प्रयोग गरिएको थियो।

निर्वाचनलाई शान्तिपूर्ण बनाउन विभिन्न स्थानमा बल प्रयोग गर्ने वा मतदातालाई तर्साउन खोज्ने ११ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। निर्वाचनका क्रममा कसैको मृत्यु नभएको बताइएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

२०१८ का स्मार्टफोनमा भएका उत्कृष्ट क्यामरा फिचरहरु

२०१८ का स्मार्टफोनमा भएका उत्कृष्ट क्यामरा फिचरहरु

क्रमागत रुपमा विकास हुदैँ स्मार्टफोनका क्यामराहरु अहिले पहिलेको भन्दा धेरै उन्नत र सक्षम भएका छन् ...

पुराना घरलाई भूकम्प प्रतिरोधी कसरी बनाउने ?

पुराना घरलाई भूकम्प प्रतिरोधी कसरी बनाउने ?

बनिसकेका घर लगायत पुराना घरहरुलाई नयाँ प्रविधि र विशेषताहरु थप्ने प्रक्रियालाई रेट्रोफिटिंग भनिन्छ। ...

फ्रिज किन्दा ख्याल गर्नुपर्ने कुराहरु

फ्रिज किन्दा ख्याल गर्नुपर्ने कुराहरु

बजारमा दशौं ब्राण्डले उत्पादन गर्ने सयौं मोडलका फ्रिजहरु उपलब्ध हुने भएकाले फ्रिज सम्बन्धि न्यून ज्ञान भएकालाई फ्रिज खरिद गर्न गाह्रो...

नेपाली बजारका लागि पहिलो जीप : जीप कम्पास

नेपाली बजारका लागि पहिलो जीप : जीप कम्पास

ढिलै भएपनि नेपालमा पहिलो पटक जीपका गाडीहरु आधिकारिक रुपमा आउने भएको छ । नेपालका लागि रिलिज हुने सबैभन्दा पहिलो जीपको...

महँगो भएपनि 4K टिभी नै किन्ने त ?

महँगो भएपनि 4K टिभी नै किन्ने त ?

टिभी वा मनिटर खरिद आज भोलि धेरै सुनिने कुरा हो – 4K । टिभी र मनिटरमा 4K को ट्याग यसको...

एल्मुनियम कि काठ - झ्याल ढोका निर्माणमा उचित कुन ?

एल्मुनियम कि काठ - झ्याल ढोका निर्माणमा उचित कुन ?

घरको झ्याल र ढोका निर्माण गर्न नेपालमा प्रचलित दुई विकल्प छन् – एल्मुनियम र काठ | उपभोगकर्ताको रोजाइ र आवश्यकता...

सामसुंगको  स्मार्टफोनमा भएका उत्कृष्ठ क्यामरा फिचरहरु

सामसुंगको स्मार्टफोनमा भएका उत्कृष्ठ क्यामरा फिचरहरु

यो वर्ष सामसुंगको फ्ल्यागशिप स्मार्टफोन रहेको छ सामसुंग ग्यालेक्सी S9 | यहि क्यामराको चारवटा उत्कृष्ठ फिचरहरुको बारेमा तल चर्चा गरिएको...

नेपाली सडकका लागि योग्य हुन गाडीमा हुनुपर्ने विशेषताहरु

नेपाली सडकका लागि योग्य हुन गाडीमा हुनुपर्ने विशेषताहरु

नेपालको भौगोलिक बनोट र सडकको बेग्लै प्रकारको सवारी साधनको माग छ। यसका लागि गाडीमा केहि अद्वितीय विशेषता हुनुपर्छ जसले त्यो...