४ वैशाख २०८१ मंगलबार
राजनीति

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

विराटनगर – सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताएकी छन्।

मोरङमा आयोजित ‘संघीयतामा लैङ्गिक उत्तरदायी, सार्वजनिक सेवा’ विषयक गोष्ठीमा आफू प्रधानन्यायाधीश रहरले होइन बाध्यताले भएको उनले जानकारी दिइन। पूर्व प्रधानन्यायाधीश कार्कीले स्थानीय निकाय अर्धन्यायिक निकायमा गएकाले मुद्दाको निरुपण र मेलमिलाप गर्दा सफा मनले निष्पक्ष रुपमा कार्य गर्न सुझाव दिइन।

उनले कोही मान्छे जन्मँदै सिकेर आएको हुँदैन भन्दै स्थानीय निकायका प्रमुखसँगको समझदारीका साथ कानूनसम्बन्धी अध्ययन र अधिवक्तासँगको राय सुझावले न्याय सम्पादन गर्न पनि आग्रह गरिन।

पूर्व प्रधानन्यायाधीश कार्कीले देशले महिलालाई ठूलो अवसर दिएको बताउँदै यसलाई सफलतापूर्वक एवं सतर्क भएर कार्य गरी समाज परिवर्तनमा ठूलो भूमिका खेल्नु पर्ने बताइन। उनले न्यायको कार्य गर्दा विभिन्न किसिमका मुद्दा आउने बताउँदै स्थानीय निकायले हेर्नेबाहेक बलात्कार, चेलीबेटी बेचबिखनलगायत अन्य फौज्दारी मुद्दा अदालतमा पठाउनु पर्ने औँल्याइन्।

प्रकाशित: २७ माघ २०७४ १५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App