८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इजरायली लडाकू विमान सिरियाले खसाल्यो

दमास्कस – सिरियाको सेनाले गोली हानेर शनिबार बिहान एउटा इजरायली लडाकू विमान खसालिदिएको बताएको छ।

मध्य सिरियास्थित सैन्य शिविरलाई लक्षित गरी केही इजरायली युद्धक विमानले शनिबार विहान हवाई आक्रमण थालेपछि सिरियाली वायु सुरक्षा बलले ती आक्रमणलाई विफल पार्न सफल भएको सिरियाली राज्य सञ्चालित टेलिभिजनले जनाएको छ।

समाचार अनुसार सिरियाली वायुसेनाले इजरायली विमानमाथि आक्रमण गरेपछि विमान आकाशमा नै जलेको तर युद्दक विमानका दुई चालक भने प्यारासुटको सहारामा जमिनमा अवतरण गरेका बताइएको छ। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार इजरायली एफ–१६ युद्धकविमानलाई उक्त देशको उत्तरी भागमा सिरियाली वायुसेनाले गोली हानी खसालिदिएको बताएका छन्।

इजरायलद्वारा सिरियाली वायुसेनाको होम्सस्थित टी–४ शिविरमाथि आक्रमण गरेपछि प्रतिरक्षाका लागि सिरियाली सेनाले पनि आक्रमणलाई शसक्त बनाएको थियो।

तर इजरायलले भने सिरियाबाट आक्रमण गरिएको मानवरहित युद्धक विमानलाई आकासमा नष्ट गरिएको र सिरियामा रहेका युद्धक विमानसम्बन्धि सामग्रीलाई लक्षित गरी त्यसपछिमात्र आफूले आक्रमण थालेको जनाएको छ।

प्रकाशित: २७ माघ २०७४ १४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App