coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिमा भीड

काठमाडौँ-साउन महिनाको अन्तिम सोमबार आज बिहान ३ बजेदेखि पशुपतिमा भक्तजनको भीड लागेको छ । साउनको सोमबार बिहान ३ बजेदेखि पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउनको सोमबार भए पनि आज पशुपतिमा तीज र महाशिवरात्रिमा जत्तिकै भीड देखिएको कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले  बताए।

“दर्शन गर्नेको पङ्क्ति गौरीघाट, मित्रपार्क, जयबागेश्वरी, पिङ्गलास्थान र सिनामङ्गलसम्म फैलिएको छ, दर्शनार्थीलाई प्रवेशका लागि पशुपतिका पूर्व, पश्चिम, उत्तर र दक्षिण चारै ढोका खोलिएको छ, जुन ढोकाबाट प्रवेश गर्यो, त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ”  उनले भने ।

बिहान ९ः३० देखि ११ बजेसम्म पशुपतिको पूर्व ढोकामा विशेष पूजा हुने भएकाले पङ्क्तिमा धेरैबेर प्रतीक्षा गर्नुपरे पनि ११ बजेपछि कुर्नु नपर्ने कोषका निर्देशक भरत मरासिनीले जानकारी दिए ।

अन्तिम सोमबार आज बेलुकी ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पशुपति दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ । भक्तजनको बिहानैदेखि भीड र बेलुकी राष्ट्रपतिको दर्शन भएकाले पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । रासस

 सबै तस्बिरः प्रबिन काेइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App