घरमा आगलागी हुँदा तीन बालिकाको मृत्यु

शनिबार, २७ माघ २०७४, १९ : ४१ हिमनाथ देवकोटा

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ सिस्नेरी एक घरमा आगो लाग्दा तीन बालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो सवा तीन बजे वीरबहादुर मोक्तानको घरमा लागेको आगोमा परेर तीन बालिकाको मृत्यु भएको हो।

मृत्य हुनेमा ६ वर्षिय बालिका अस्मिता मोक्तान, ७ वर्षिय बालिका रिपोला मोक्तान र ३ वर्षिय बालिका मंगली माया मोक्तान रहेका छन्। अस्मिता धन बहादुरको छोरी हुन् भने रिपोला र मंगलीमाया बीर बहादुरका छोरी हुन्। यी दुबै दाजुभाइको घर जोडेर बनाइएको थियो।

घरमा बुबाआमा नभएको समयमा बालिकाले घरमा भएको पोष्टर बालेका थिए । पोष्टर बाल्ने क्रममा बीरबहादुरको घर सल्कन पुगेको थियो । घर भित्रै रहेका यी बालिका गाउँले आउनुपूर्व जल्न पुगेका थिए। घरमा आगो लागेको देखेपछि गाउँलेले आगो नियन्त्रणको प्रयास गरेका थिए।

केही समयपछि सरमथलीमा रहेको नेपाल प्रहरी त्यहाँ पुगेका थिए। प्रहरी र गाउँलेको प्रयासमा करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । बुबा आमा घेवामा गएको समयमा घरमा रहेको पोष्टरमा आगो बाल्ने क्रममा पूरै घर सल्कन पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

आगोमा परेर घर पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन् । घरमा रहेको अन्नपात र लत्ताकपडा जल्दा करिब तीन लाखको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीका अनुसार आगलागिबाट २ मुरी कोदो, ७ मुरी धान र १० मुरी धान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

मृत्यु भएको बालिकाको पोष्टमार्टमका लागि त्रिशुली अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताए।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad