४ वैशाख २०८१ मंगलबार
खेल

प्रधानमन्त्री कपको सद्‍भावना दूतमा मिस नेपाल निकिता

नेपालगन्ज- प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलले मिस नेपाललाई सद्भावना दूत अनुबन्धित गरेको छ।

मिस नेपाल वल्र्ड निकिता चन्दक प्रधानमन्त्री कपको पाँचौं संस्करणमा सद्भावना दूत नियुक्त भएकी हुन्। प्रधानमन्त्री कप आयोजक बाँके जिल्ला भलिबल संघले मिस नेपाल आयोजक हिडेन ट्रेजरसँग सहकार्य गर्ने सिलसिलामा सद्भावना दूत सम्बन्धी सम्झौता गरेको छ। बाँके भलिबल संघका अध्यक्ष टीएस ठकुरी र हिडेन ट्रेजरका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। ‘नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्धनमा हामीले गरेको प्रस्तावमा हिडेन ट्रेजर टिमले सहर्ष स्वीकार गर्नुभयो, यसप्रति हामी आभार प्रकट गर्दछौं’, बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले भने–‘महिला सशक्तीकरणमा प्रभावकारी भुमिका निर्वाह गर्दै आएको हिडेन ट्रेजर र प्रधानमन्त्री कपले पनि महिला सशक्तीकरणमा काम गर्दै आएकोमा हाम्रो उद्देश्य मिल्न गयो, र सहकार्य साझेदारी गर्दै अघि बढ्ने सोंच बनाएका हौं।’ प्रधानमन्त्री कपका हरेक संस्करणमा मिस नेपाल नै सद्भावना दूत हुने बाँके जिल्ला भलिबल संघले जनाएको छ। सद्भावना दूत नियुक्त भइसकेपछि मिस नेपालले राष्ट्रिय खेल तथा प्रधानमन्त्री कपको प्रवर्धन गर्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री कपको उद्घाटनदेखि समापनमा मिस नेपाल उपस्थित रहने आयोजकले जनाएको छ। पहिलो पटक दुई वर्ष अघि चर्चित अभिनेत्री रेखा थापालाई प्रधानमन्त्री कपको तेस्रो संस्करणमा सद्भावना दूत अनुबन्धित गरिएको थियो। त्यसपछि गत वर्ष आयोजक बाँके जिल्ला भलिबल संघले राष्ट्रिय क्रिकेटर नेपालगन्ज निवासी महेश क्षेत्रीलाई अनुबन्धित गरेको थियो।

प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल फागुन पहिलो साता नेपालगन्जमा सञ्चालन हुँदैछ। पाँचौ संस्करणमा तीन देशका टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। लिगकम नकआउटका आधारमा फागुन ३ देखी ७ गते सम्म हुने प्रतियोगितामा आयोजक टिमसँगै नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल टिम पोखरा, देहरादुन(भारत) र बंगलादेशी क्लबले खेल्नेछन।

प्रतियोगिताको विजेताले २ लाख रुपैया, उपविजेताले १ लाख र तेस्रोले ५० हजार रुपैया पुरस्कार पाउनेछन।

 

प्रकाशित: २७ माघ २०७४ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App