coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर ७ को सभामुखमा थापा निर्विरोध

धनगढी- प्रदेश नम्बर ७ मा एमाले बझाङका प्रदेश सभा सदस्य अर्जुन थापा प्रदेश सभा सभामुख हुने भएका छन्। शनिवार एमालेका अर्जुन थापा एक जनाको मात्र सभामुखका लागी मनोनयन दर्ता भएको प्रदेश ७ का प्रदेश सभा सचिवालयका मुरारी महतले बताए। ‘दिउँसो २ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता गर्ने तालिका तोकिएकोमा थापाको मात्र मनोनयन दर्ता भएको छ’उनले भने। निर्वाचन कार्यतालिका अनुसार आइतबासम्म दावी बिरोध गर्न पाइने भएको छ। एकमात्र मनोनयन दर्ता भएकोले माघ २९ गते सोमवार बस्ने प्रदेश सभा बैठकमा यो प्रस्ताव प्रस्तुत गरी अर्जुन थापा निर्विरोध निर्वाचित भएको घोषणा गरिने उनले बताए। शनिवार प्रदेश सभा सचिवालयमा थापाले मनोनयन दर्ता गराएका हुन। एमालेका दिर्घ सोडारीको प्रस्ताव र माओवादी केन्द्रका त्रिलोचन भट्टको समर्थनमा थापाले मनोनयन दर्ता गराएका थिए।

को हुन अर्जुन थापा ?

पहाडी जिल्ला बझाङको बिकट खप्तड छान्ना गाविस १ देहलीमा २०१० साल चैत २४ गते जन्मेका अर्जुन थापा पढाईमा अव्वल थिए। २०२८ सालमा उनले एसएलसी उत्तिर्ण गरे। उनले खप्तड मा.वि.,लामातोला मा.वि. र दुर्गा भवानी मा.वि.मा २६ बर्ष अध्यापन गरे। २०३६ सालमा नेपाल राष्ट्रिय शिक्षक संघ बझाङको सहसचिव भए । उनी शिक्षक संघको केन्द्रिय सदस्य पनि भए। २०३६ सालको जनमत संग्रहका बेला बहुदलको पक्षमा प्रचार प्रसार गरे। २०४१ सालमा काठमाडौंको किर्तिपुर क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्न गए । क्याम्पसमा अनेरास्ववियुको प्रारम्भिक कमिटी हुँदै बिभिन्न किमीटीमा बसेर राजनीतिमा सक्रिय भए। २०४७ सालमा नेकपा मालेको स्थापना हुँदा उनी बझाङको संस्थापक सदस्य भए। २०६२ सालमा एमाले बझाङको सचिव(तत्कालिन समयमा जिल्लाको पार्टीको नेतृत्व पद) भए। २०६६ सालमा एमाले बझाङको पार्टीको अध्यक्ष भए। उनी नेपाल बुद्धीजिवि परिषद बझाङको २०२७ सालमा अध्यक्ष  पनि भए। उनी एमालेमा यस प्रदेशका बौद्धिक नेता मानिन्छन। उनले लेखेका २ वटा पुस्तक पनि प्रकाशित छन्। विश्व कम्युनिष्ट आन्दोलनको एक झलक भन्ने पुस्तक उनले लेखेका छन्। यसैगरी माक्र्सवादको सृजनात्मक प्रयोग जनताको बहुदलिय जनवाद पुस्तकमा लेखेका छन्। अहिले स्मरण समेटिएको तेश्रो पुस्तक लेखिरहेको र अन्तिम चरणमा पुगेको उनले बताएका छन्। उनले किर्तीपुर क्याम्पसवाट भुगोल र अर्थशास्त्रमा स्नातक गरेका छन्। २०५६ सालमा पनि उनी प्रतिनिधि सभा सदस्यमा भिनो २ सय ८१ मत अन्तरले पराजित भएका थिए। कसैको उम्मेदवारी नपरेर प्रदेश सभाको पहिलो ऐतिहासिक सभामुख हुने बाटो खुलेकाले निकै खुशी लागेको उनले बताए।

प्रकाशित: २७ माघ २०७४ १२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App