सडकबाट ३ सय मिटर तल बस खस्यो, २५ जनाको मृत्यु (अपडेट)

सोमबार, ३१ साउन २०७३, १३ : ५७ मधुसुधन गुरागाईं

बनेपा— काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै दुर्घटनाग्रस्त भएको छ। छतमा समेत गरी ८० जना यात्रु बोकेको सो बस सडकबाट करिब ३ सय मिटर तल खस्दा २५ जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता विजयलाल कायस्थले दुर्घटनामा २५ जनाको मृत्यु भएको पुष्टि गरे। '२५ जनाको मृत्यु भएको रिपोर्ट अाएको छ। करिब ८५ जना चढेको सो बस दुर्घटनामा ४० जना घाइते भएको प्रारम्भिक रिपोर्ट छ', नागरिकन्युजसँग उनले भने।

घटनास्थलमा रहेका कात्तिके देउराली गाविसका सब इन्जिनियर नरेश कार्कीका अनुसार दुर्घटनामा २५ जनाकाे मृत्यु भएको छ। 'अहिलेसम्म २५ जनाको शवलाई सडकमा निकालिएको छ। अन्यको उद्धार कार्य जारी छ। धेरै यात्रु गम्भीर घाइते छन्', कार्कीले नागरिकन्युजसँग भने।

रहरी प्रधान कार्यालयका प्रवक्ता विजयलाल कायस्थले दुर्घटनामा २५ जनाको मृत्यु भएको पुष्टि गरे। '२५ जनाको मृत्यु भएको रिपोर्ट अाएको छ। करिब ८५ जना चढेको सो बस दुर्घटनामा ४० जना घाइते भएको प्रारम्भिक रिपोर्ट छ', नागरिकन्युजसँग उनले भने।

करिब ४० जना घाइतेलाई बसभित्रबाट बाहिर निकालिएको उनले जानकारी दिए। '४० जना घाइतेलाई उद्धार गरिएको छ। बस चालक खुट्ट भाँचिएको अवस्थामा उद्दार गरिएको छ', उनले भने।

तत्काल उद्धारका लागि हेलिकोप्टर माग

मृतक र घाइते हुनेहरु अधिकांश कात्तिके देउराली, विर्तादेउराली र मादनकुँडारी गाविसका रहेको स्थानीय पुष्करराज पन्तले बताए। उनका अनुसार बसभित्र धेरै मान्छे च्यापिएका छन्। उनीहरुको उद्धार गर्न फलाम काट्ने मेसिन अावश्यक रहेको उनले बताए।

४० भन्दा बढी घाइते रहेको र पानी पर्न लागेकाले तत्काल उद्धारका लागि हेलिकोप्टर अावश्यक रहेको उनले बताए। 'बसभित्र च्यापिएकाहरुको उद्धार गर्न कठिन भइरहेको छ। उद्धार भएकाहरुलाई तत्काल अस्पताल पुर्‍याउन हेलिकोप्टर अावश्यक देखिएको छ', उनले भने।






यसमा तपाईको मत

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad