coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हराएकी युवती भारतमा फेला परिन्

कञ्चनपुर- कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजकी २१ वर्षीया लक्ष्मी चन्द हराएको पाँच दिनपछि भारतमा फेला परेकी छिन ।पाँच दिनअघि माघ २३ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर हिँडेकी उनी बाटो बिराउँदा भारतमा पुगेकी थिइन् ।

परिवारजनले लक्ष्मी घर नआउँदा प्रहरीलाई खबर गरेका थिए । तत्कालै इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्र चन्दको टोलीले खोजबिन गर्दै जाँदा लक्ष्मीलाई भारतको नानकमातामा फेला पारेको हो । फेला परेकी लक्ष्मीको उद्वार गरी परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। रासस
 

प्रकाशित: २७ माघ २०७४ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App